नेपालगन्ज – साइकल प्रेमिहरुको महाउत्सवका रूपमा मनाइदै आएको कोरा साइक्लिङ च्यालेन्ज २०२३ नेपालगन्जमा समेत आयोजना गरिएको छ । ५ औं सस्करणका रूपमा आयोजना गरिएको यस बर्षको कोरामा ७ बर्षिय अभिनब चौधरी सहित ६५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपालगन्ज एसओएस युवालयको समेत सहभागिता रहेको थियो । युवालयका डाइरेक्टर तुलाराम बिश्वास आफैं सहभागी लिएर कार्यक्रममा सहभागी भएको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।
बिहान ६ः३० बजे नेपालगन्ज बौद्ध गुम्बाबाट शुरु गरिएको कार्यक्रमको शुभारम्भ भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बद्री चापागाईंले गर्नुभएको थियो । साइकल यात्रीहरुले नेपालगन्जको बौद्ध गुम्बा, जामे मस्जिद, बागेश्वरी मन्दिर, हनुमानगढी मन्दिर, गुरुद्वारा, ज्योतिचर्च , त्रीशक्ती मन्दिर हुँदै चौलिक्का, ढोडे गाउँ, शिवपुरा इन्डो– नेपाल बोर्डर हुँदै जोगागाउ मन्दिर भएर ३० किलोमीटरका यात्रीहरु नेपालगन्ज फर्किए भने २०/७५/१०० किलोमीटरका यात्रीहरु बर्दियाका केहि स्थल परिक्रमा गरि नेपालगन्ज फर्किए भने एउटा समुह अगैया हुँदै नेपालगन्ज फर्किएको क्लबका सचीव प्रदीप सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई भब्य र उत्सव तथा उल्लासमय वातावरणमा सम्पन्न गर्न सहभागिता जनाउने सम्पुर्ण साइकल यात्रीलाई आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले धन्यवाद दिदै आगामी दिनमा साइक्लिङका थप कार्यक्रम समेत आयोजना गरिने बताउनु भयो । कार्यक्रमका लागि कुनै पनि सरकारी तथा गैर सरकारी सस्था तथा व्यावसायिक प्रतिष्ठानबाट सहयोग नलिएर स्वयं सहभागी आफ्नै खर्चमा स्वतस्फूर्त सम्पन्न गरिएको समेत क्लबले जनाएको छ ।
