नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गरीएको छ । उपाध्यक्षको किर्ते दस्तखत ठेकेदार कम्पनीका कर्मचारीले गरेको खुल्न आएको हो । पालिका जाने मुल गेट निर्माणका लागि ठेक्का दिएको योजना दीपक बिल्डर्सले सात लाख ४९ हजार चार सय तीन रुपैयाँ ८५ पैसाको बिल भुक्तानी लिन उपाध्यक्षको दस्तखत किर्ते गरि रकम निकासा गर्न लागिएको रहस्य खुलेको छ ।
जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी यादवले आफ्नो किर्ते दस्तखत गरी भ्रष्टाचार गर्न थालेको आधार प्रमाणसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा कारबाहीका लागि दुई पटक धाउनुभयो । दोषीलाई कारवाही र निर्दोष यस घटनामा नफसून भनेर उहाँले निवेदन फिर्ता ल्याउनुभयो ।
‘किर्ते दस्तखत गरेर बजेट पास गर्न खोजेका थिए मैले जानकारी पाएपछि पालिकामा पेश गरिएको सवै कागज झिके उपाध्यक्ष यादवले भन्नुभयो । कागजपत्र मसंग सुरक्षित छ दोषीले कारवाही पाउनुपर्छ उहाँले भन्नुभयो । किर्ते गरेको कसले हो मैले अझै देखेको चिनेको छैंन उपाध्यक्ष यादवले भन्नुभयो । मसंग भेटेर उसले गल्ती स्विकार्नुपर्छ नत्र अदालतसम्म जाने उपाध्यक्ष यादवले भन्नुभयो । लेखाबाट फाइल तानेर राखेकी छु,’ उहाँले भन्नुभयो ।
गाउँपालिकाको गेट निर्माण गर्ने योजना दीपक बिल्डर्सले जिम्मा पाएको थियो । पालिकाले त्यसका लागि सात लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो । तर निर्माणको अनुगमन गर्नुपर्ने समिति संयोजकलाई थाहै नदिइ असार १५ गते अनुगमन समितिको प्रतिवेदन पेस गरेर भुक्तानी लिन थालेपछि किर्ते गरी भ्रष्टाचार गर्न थालेको रहस्य खुलेको थियो । गाउपालिकाका अध्यक्ष छब्बन खाँले भने उपाध्यक्षको किर्ते दस्तखत गरिएको बारे हामी उपाध्यक्षलाई सहयोग गर्ने जानकारी गराउनुभयो ।
अध्यक्ष छव्बन खाँ उपाध्यक्ष यादवको किर्ते दस्तखतबारे दोषीमाथि कारवाहीको लागि पहल गर्ने जानकारी गराउनुभयो । उपाध्यक्षको दस्तखत गर्ने ठेक्का पाएको कम्पनीका कामदारले किर्ते गरेको हो यसबारे पालिका गम्भीर छ पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंहराज डाँगीले भन्नुभयो ।
संयोजकको किर्ते दस्तखत गरिएको प्रतिवेदनमा पूर्वाधार संयोजक तथा सदस्य टीकानाथ यादव, कार्यपालिका सदस्य कान्ती कादु, प्राविधिक शाखा प्रमुख धनबहादुर रोकाय र योजना शाखा प्रमुख तथा सदस्य सचिव शोभा पौडेलको दस्तखत छ । प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने दस्तखत गरेका छैनन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले उनीहरुले भने जस्तो नहुने तर आफ्नै ढंगले कारबाही गर्ने प्रतिक्रिया दिनुभयो ।
