(Friday 30th of October 2026)
`

नेपालगञ्जको धम्बोझीमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगञ्ज,  नेपालगञ्जको धम्बोझीमा सुविधा सम्पन्न ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले एक करोड १५ लाखको लागतमा ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष रिजालले नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरि स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको बताउनुभयो ।
    पुर्व मन्त्री मोहम्मद इस्तियाक राई र नगर प्रमुख प्रशान्त विष्टले ब्याडमिन्टन प्रशिक्षण केन्द्रको सोमबार उद्घाटन गर्नुभयो । सो अवसरमा पुर्व मन्त्री राईले विकास निर्माणमा हातेमालो गर्न आग्रह गर्दै विगतमा समावेश भएका योजना मध्ये केही फिताृ लैजान खोजिएको भन्दै त्यसलाई रोक्न लाग्नुपर्ने बताउनुभयो ।
    उहाँले वडा अध्यक्ष रिजालले असल जनप्रतिनिधीको रुपमा सक्रियता देखाएको बताउनुभयो । सो अवसरमा प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, वडा सदस्य जगमोहन काँदुले ब्याडमिन्टन प्रशिक्षण केन्द्र हालको उद्धेश्य अनुसार नियमित सञ्चालनमा आउने ब्यवस्था गर्न सुझाव दिनुभयो । यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान खुला प्रतियोगिता सुरु भएको छ । सो अवसरमा धम्बोझीका स्थायी बासिन्दा पुर्व खेलाडीहरुको सम्मान गरिएको छ । भलिवलका राजुराज शाही, कबड्डीका शान्ति सिंह, सुटिङका रमेश मल्ल र अशोक कुमार पुन मगर, किक वक्सिङका राजु थापा मगर, फुटबलका लक्ष्मी गुरुङ र लक्ष्मण थापा मगरको सम्मान गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology