नेपालगन्ज : ७२ औं मदन भण्डारी जयन्तिको अवसरमा जिल्ला खेलकुद महासंघ जिल्ला कमिटि बाँकेको जिल्ला स्तरीय खुल्ला महिला म्युजिक प्रतियोगिता आज नेपालगन्जमा सम्पन्न भयो । प्रतियोगितामा प्रथम रिना पौडेल, दुतिय अछरी पोखरेल तृतिय गोमा आचार्य भएका छन् । विजयीहरुलाइ नेकपा एमाले बाँके जिल्ला कमिटि अध्यक्ष किस्मत कक्षपति र खेलकुद महासंघका स्थाइ कमिटि सदस्य कृष्णा पाठकले अविर लगाइ पुरस्कार वितरण गरेका थिए ।जिल्ला खेलकुद महासंघका सचिव सन्जीव वलीको अध्यक्षता र खेलकुद महासंघका स्थाइ कमिटि सदस्य कृष्णा पाठकको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
अथितिहरु प्रदेश सदस्य एकमाया वि.क.,प्रदेश सदस्य एवं अनेमसंघ केन्द्रिय सदस्य अछरी पोखरेल,अनेमसंघ प्रदेश सदस्य तलत खान, रीटनीङ फेडेरेसनका केन्द्रिय उपाध्यक्ष हिरा खरेल,नेकपा एमाले जिल्ला सदस्य राजेन्द्र अर्याल,भिमकान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विशिष्ट अथिति नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले कसरी मदनको मृत्यु भयो भनि पत्ता लगाउन नसकिएको गुनासो गर्दै उहांले दिएको प्रेरणा जनताको बहुदलिय जनबादको बाटो बताउनु भयो । यसैगरी खेलकुद महासंघका स्थाइकमिटि सदस्य,बाँके इन्चार्ज एवं कार्यक्रमका प्रमुख अथिति कृष्णा पाठकले मदन भण्डारीले देखाएको बाटोमा हिड्न जरुरी रहेका बताइन । खेदकुद महासंघले ७७वटै जिल्लामा विभिन्न कार्यक्रम गरेर यो दिवश मनाएको छ ।

