(Friday 30th of October 2026)
`

विद्युतको मनपरी विरुद्ध नेपालगन्जवासीद्धारा विद्युत कार्यालय घेराउ

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज विद्युतको मनपरी विरुद्ध आज नेपालगन्ज विद्युत प्राधिकरणको कार्यालय घेराउ गरिएको छ । आमजनतालाई विना जानकारी लो भोल्टेज तथा छिनछिनमा विद्युत लोडसेडिङले आक्रान्त नेपालगन्जवासी जनताले आज विद्युत कार्यालय घेराउ गरेका हुन् । बास नेपाल नेपालगन्जको अगुवाईमा विद्युत कार्यालय घेराउ गरिनुका साथ साथै ३ दिनको अल्टिमेटम समेत दिईएका छन । नेपालगन्जको प्रचण्ड गर्मीमा आन्दोलनरत नेपालगन्जवासीले सडकमै सुतेर नारावाजी गरेका थिए । नेपालगन्जवासी विद्युत घेर्नपर्ने प्राधिकरणले बाध्यता बनाएको स्थानिय वालअधिकारकर्मी साहिल अन्सारीले बताउनुभयो । विद्युतका कर्मचारीले आफु एसीमा बस्ने तर नेपालगन्जवासीलाई प्रचण्डा गर्मीको मारमा पार्ने कार्यवारे अब चुप लागेर बस्न नसकिने अन्सारीले बताउनुभयो ।
    नेपालगन्ज विद्युत प्राधिकरण नभई अप्राधिकरण भएको अन्सारीले संज्ञा दिदै भन्नुभयो जनता केका लागि विद्युतलाई ट्याक्स तिर्ने । एकदिन ढिलो भयो भने विद्युतले महसुलमा ट्याक्स लिन्छ तर छिनछिनमा लो भोल्टेज र लोडसेडिङ हुदा हामीले के गर्ने यसको लिखित जवाफ चाहिएको युवा नेता प्रकाश कुवरले भन्नुभयो । नेपालगन्जवासीले जुन खालको समस्या झेल्नुपर्छ त्यही समस्या नेपाल विद्युत प्राधिकरणले पनि झेल्नुपर्ने कुवरले भन्नुभयो । यदि नेपालगन्जवासीहरुको लागि विद्युतको समस्या हल गर्न सकिन्न भने प्रमुखजी राजीनामा दिनुस कि नेपालगन्जवासीको समस्या हल गर्नुस कुवरले भन्नुभयो ।
    नेपाल विद्युत प्राधिकरणका प्रमुललाई यदि मानवता छ भने आजकै दिनदेखि प्रण गर्नुपर्छ आइन्द यस्तो गल्ती हुने छैन भनेर हामी निर्धक्कका साथ यस्तो गर्मीमा पंखामा त बस्न पाउनुपर्ने उहाँले जिकिर गर्नुभयो । नेपालगन्जवासीको समस्याको समाधान गर्न सकिन्न भने प्रमुख भएर बस्नुको कुनै तुक नरहेको समाजसेवी कृष्ण प्रसाद श्रेष्ठले भन्नुभयो ।
    घरि घरि विद्युत अनियमितताले आम जनता प्रचण्ड गर्मीको मारमा पर्नु विद्युतको चरम लापरवाही भएको उहाँले बताउनुभयो । लो भोल्टेजले न पंखा चल्छ न इलेक्ट्रानिक मेसिनरी सामान राम्रोसंग चल्छ, लो भोल्टेजले गर्दा तमाम खालका सामाग्री जल्ने गरेको छ यसको जिम्मा कसले लिने, लो भोल्टेज दिनुभन्दा विद्युत नै नदिए हुन्छ बरु समय तालिका अनुसार विद्युत विस्तार गर्न उहाँले आग्रह गर्नुभयो । विद्युत प्राधिकरण समयमा नसच्चिए विद्युत विरुद्ध कडा आन्दोलन चर्काउने उहाँले जानकारी गराउनुभयो । विद्युत अनियमितता बारे आम नागरिकसामु जानकारी गराउने, विद्युत कटौतीबारे सार्वजनिक गर्ने लगायतका ध्यानाकर्षण वारे नमस्कार शाहले जानकारी गराउनुभयो । विद्युत अनियमितता बारे ३ दिनभित्र लिखित जानकारी नआए आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।
    चर्को गर्मीमा सडकमा बस्नु हाम्रो रहर होइना यसलाई मध्यनजर गर्न विद्युत प्राधिकरण गम्भीर हुन आवश्यक रहेको छ । विद्युत प्राधिकरणले जति सके पलह गर्दै आएको छ नेपालगन्ज विद्युत प्राधिकरण कार्यालयका प्रमुख दिवाकर प्याकुरेलले भन्नुभयो । नेपालगन्जमा विद्युत अनियमितता बारे भारतबाटै समस्या आउने गरेको हुनाले यसलाई सुधारबारे बारम्बार पहल भैरहेको उहाँले जानकारी गराउनुभयो । जेठ असारको महिनामा बढि हावाहुरी चल्ने र पोल तथा तारमा नोक्सानी पु¥याउने भएको हुनाले यसले पनि थप समस्या पार्ने गरेको प्रमुख प्याकुरेलले भन्नुभयो ।
    नेपालगन्जवासीलाई प्रचण्ड गर्मीमा विद्युतनै नदिने नियत नभएको उहाँले जानकारी गराउदै ध्यानाकर्षण पत्रको जवाफ ३ दिनभित्र लिखित दिने उहाँले प्रतिवद्धता जनाउनुभयो । बास नेपालको अगुवाईमा आज ११ बजेदेखि नेपालगन्ज विद्युत कार्यालय अगाडी सडकमा एक घण्टा नारावाजी सहित विद्युत घेराउ गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology