(Friday 30th of October 2026)
`

जनप्रतिनिधीको बिवादले फेरीएन डुडुवाको अवस्था

  • सगरमाथा गन्तब्य
  • 8.9K
    SHARES

    नेपालगन्ज : डुडुवा गाउँपालिकाको कुनै पनि गतिबिधीका बारेमा पारदशिता नभएको भन्दै वडा नं ५र ६ का वडा अध्यक्षले प्रेस बिज्ञप्ती मार्फत असन्तुष्टी जनाएका छन् । शुक्रवार ५र ६ का वडा अध्यक्षहरुले प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै डुडुवा गाउँपालिकाको पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले मनोमानी एकलौटी रुपमा पालिकाको निर्णय लिने र कुनै पनि गतिबिधीका बारेमा आफुहरुलाई पारदशिता नगाराएको भन्दै असन्तुष्टी जनाएका हुन् ।
    स्थानीय तहको निर्वाचन बिजय भएर कार्यभार ग्रहण गरेको १ बर्ष बिति सक्दा पनि नीतिपुर्ण ढंगले पालिकामा आफ्ना माग राख्दा समेत पालिका अध्यक्ष चौधरीले कुनै सहमती नजनाएपछि प्रेस बिज्ञप्ती सार्वजनिक गर्न बाध्य भएको डुडुवा ५ का वडा अध्यक्ष झंक बहादुर थापाले बताउनुभयो ।
    “डुडुवा गाउँपालिका बैठक आयोजना गर्दा विबिध नभई प्रष्ट एजेण्डा सहितको पत्र कार्यपालिका सदस्यहरुलाई ७२ घण्टा अगावै उपलब्ध गराउनु पर्ने र बैठक पश्चात कार्यपालिका सदस्यहरुलाई निर्णयको प्रतिलिपी उपलब्ध गराउनु पर्ने निर्णय भएपनि सो बमोजिम नभई एसएमएसको भरमा निमन्त्रणा गरिने उहाँले बताउनुभयो । पालिका अध्यक्ष चौधरीले कार्यपालिकाको बैठकमा वडा अध्यक्षहरुलाई गेटबाट भित्र प्रवेश गर्नु अगावै साधापानामा उपस्थिती गराउने र उक्त बैठकबाट पारित गरिएको कुनैपनि ऐजेण्डा, योजना आफुहरुलाई नबताउने प्रबितीले बारम्बार कार्यपालिका बैठक बहिसकार गर्न बाध्य भएको उहाँले दुखेसो पोख्नुभयो । “गाउँपालिका भित्र रहेको प्रत्येक वडाको निर्णय एकलौटी ढंगले लिने भए वडा र वडाअध्यक्षहरुको के काम ?उहाँले भन्नुभयो । सरकारले वडाबाटै जनताको सेवा सुबिधाको व्यवस्था र सुनिश्चिता गरेता पनि पालिका अध्यक्षको तानाशाही प्रबितीले वडाले स्थानीय जनतालाई सिफरिस बाहेक अरु सेवा दिन असर्मथ रहेको उहाँले गुनासो गर्नुभयो । डुडुवामा सरकारको नीतिनियम अनुसार नभई पालिका अध्यक्षको ईच्छा अनुसार पालिका संचालन हुदै आएको वडा अध्यक्ष थापाले दाबी गर्नुभयो ।
    डुडुवा ६ का वडा अध्यक्ष मोहनलाल मिश्रले बारम्बार पालिकाको बैठकमा एकलौटी निर्णय पारित गराउन खोज्ने र आफुहरु मान्य नभएपछि पालिका अध्यक्ष चौधरीले बहुमतकै आधारमा अभद्र व्यवहार गर्ने र वहुमत पु¥याएर आफ्ना कुरा र मागहरुको सुनवाई समेत नगरेको बताउनुभएको छ ।


    उहाँको अनुसार पालिका अध्यक्षले गाउँपालिकाको भौतिक निर्माणसंग सम्बन्धित यान्त्रिक सवारी साधनहरु जस्तै रोलर, ट्यांकर, ट्रयाक्टर, ग्रेडर, मिक्सर मेशिन, बोरिङ्ग मेशिन र डोजर लगायत आफ्नो व्यक्तिगत कामका लागि प्रयोग गर्दै आएको उहाँले ठम्याउनुभयो । पालिका अध्यक्ष समक्ष नीतिगत रुपमा माग राख्दा समेत कुनै पनि प्रतिक्रिया नदिने डुडुवाका वडाअध्यक्ष तथा वडासदस्यहरुलाई पालिकामा हुने गतिबिधीको बारेमा जानकारी नगराउँने जस्ता थुप्रै क्रियाकलापले वडावासीहरुले सास्ती खेप्नु परेको उहाँले बताउनुभयो । पालिका अध्यक्षकै कारण स्थानीय जनताले समयमा सुरक्षा भत्ता समेतमा ढिलाई भएको उहाँ बताउनुहुन्छ । नेपालगन्ज उपमहानगरपालिका देखी ४५ किलो मिटर टाढा बाँकेकै दुर्गम क्षेत्रमा मानिएको नरैनापुरको बिकासले फड्को मारि सक्यो तर नेपालगन्जसंगै सिमा जोडिएको डुडुवाको भने अवस्था र व्यवस्था जहाको त्यही हुनु बिडम्बना रहेको वडाअध्यक्ष हरुले बताएका छन् । पालिका अध्यक्षले तानासाही प्रबितीलाई बन्द गरेर वडाको बृद्धी बिकासको मागलाई सुनवाई नगरे वाडावासी सहित आफुहरु रोडमा आगो जलाएर आन्दोलन गर्न पछि नहट्ने उनीहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology