नेपालगन्ज : नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेका अध्यक्ष मोहमद मोहसिन हलवाईको अध्यक्षतामा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोपाल पुनको प्रमुख आतिथ्यतामा उक्त अभिमुखीकरण कार्यक्रम शनिवार नेपालगन्जमा सम्पन्न भएको हो । खेलकुदले राष्ट्रका लागि मात्र नभई स्वास्थ्यमा समेत महत्वपुर्ण भुमिका खेल्ने भएकोले खेलकुदलाई निरन्तरता दिनुपर्ने कुरामा प्रमुख अतिथी तथा नेपालगन्ज ४ का वडाअध्यक्ष पुनले जोड दिनुभयो । देशलाई बिश्वसामु चिनाउर्ने अर्को माध्यम भनेकै खेलकुद रहेकोले राज्यले खेलाडीलाई प्रोत्साहन तथा उत्पादन गर्न बिभिन्न कार्यक्रमहरु गर्नुपर्ने उहाँले औल्याउनुभयो ।
खेल प्रेमी तथा खेलाडीहरुको उत्पादनका साथै खेलाडीहरुको हकहितको लागि व्यक्तिगत तथा आप्mनो वडा कार्यालयबाट साथ सहयोग रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । हप्किडो संघले बाँकेमा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने तयारी गरिरहेको हप्किडो संघ बाँकेका अध्यक्ष हल्वाईले जानकारी गराउनुभयो । बाँकेमा हप्किडो संघले महिला तथा बालबालिकाहरुलाई आत्मरक्षाका लागि तालिम प्रदान गर्दै आएको उहाँले जानकारी गराउदै हरेक स्कूलमा आत्मरक्षाका लागि तालिम अति आवश्यक रहेको हुनाले यसलाई लागु गर्नुपर्ने उहाँले धारणा राख्नुभयो । नेपाल मार्सल आर्टस हाप्किडों संघ बाँकेलाई बिभिन्न बिद्यामा योगदान पु¥याउने खेलप्रेमीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रममा खेलाडीहरुले आत्मरक्षा गर्ने कला प्रर्दशन गरेका थिए ।

