नेपालगन्ज : अन्य पशुहरुको तुलनामा गद्यालाई हेर्ने दृष्टिकोण फरक भएकोले गद्या उत्पादनको संख्या अति न्युन रहेको एनिमल नेपालले जनाएको छ । पशु कल्याणको क्षेत्रमा बिगत १३ बर्ष देखि काम गर्दै आएको एनिमल नेपालले अश्व कल्याण सुनिश्चीताको बिषयलाई उठान गर्दै अन्य पशुहरुको तुलनामा गद्यालाई हेर्ने दृष्टिकोण फरक भएकोले गद्या उत्पादनको संख्या अति न्युन रहेको बताएको हो । गरिब र दलित जातिका मानिसले मात्र गद्या किन्छन् अथवा पाल्छन् भन्ने नकरात्मक सोचले गद्याको संख्या अति न्युन रहेको एनिमल नेपाल पशु कल्याणकारी डा.सजन थापाले बताउनुभयो । पशु कल्याण स्थापनाको लागि कानूनको अभाव र भएका कानूनहरु पनि प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन नसक्दा पुशुहरुले सास्ती खेप्दै आउनुपरेको उहाँले । मानिसलाई सर्ने धेरै जस्तो रोगहरु पशुहरुबाटै उत्पन्न हुने भएकोले गद्या, खच्चड र घोडाहरुको उपचारमा ध्यान दिन आवश्यक रहेको उहाले बताउनुभयो ।
पशुपंक्षीले पनि मानिष जस्तै पिडा थकान महसुस गर्ने हुदा उनीहरुलाई पनि आरामको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले पशु कल्याणका आधारभुत पक्ष बताउदै “पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्ने, राम्रो वातावरणमा बस्न पाउनुपर्ने, उसको स्वास्थ्यको ख्याल गर्नुपर्ने जनावरहरूको व्यवहार अनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्ने, कुनै पनि मानसिक तनाव नदिने” पाँच कुराहरूको सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
एनिमल नेपालले सामुदायिक कुकुर, गद्या, खच्चड र घोडाहरुको कल्याणका लागि आवश्यक थुप्रै कार्यक्रम गर्दै आएको एनिमल नेपाल डा.सजन थापाले बताउनुभयो । राज्यले पशु कल्याण निर्देशिकाको व्यवस्था गरेता पनि सरोकारवालाको ध्यान जान दिनानु निर्दोश बेजुबान प्राणीले सास्ती भोक्दै आएको उहाँ बताउनुहुन्छ । पहाडी क्षेत्रमा सडक देखी मानिषको घर सम्म सामाग्री पु¥याउन गद्या, घोडा, खच्चडको चाहिने तर तिनीहरुको स्हारसुसार र उपचारमा भने ध्यानै नजाने भएकोले मानिसहरूले पशुपक्षीप्रति गर्ने निर्दयी भईसकेको उहाँले औल्याउनुभयो । मानिसले आफ्नो क्षमता अनुसारको भारी उठाए जस्तै पशुपक्षीलाई पनि उनीहरुले थाम्न सक्ने क्षमताको भारी अथवा बजन मात्र बोकाउनु पर्ने उहाँले जानकारी गराउनुभयो । अन्य पशुको तुलनामा सबै भन्दा धेरै गद्या, घोडा, खच्चडको धरै श्रम गर्ने भएता पनि राज्यले अन्य पशुहरु जस्तै उनीहरुलाई सुविधा अथवा बिमाको व्यवस्था नभएको उहाँले औल्याउनुभयो । गद्या, घोडा, खच्चडका लागि व्यवस्थित नीति नहुदा भन्सारबाट अबैध रुपमा यिनीहरु भित्रिर्ने गरेको उहाँले बताउनुभयो । यसरी भन्सारबाट अबैध रुपले भित्रिएका गद्या, घोडा, खच्चडहरु अस्वास्थ्य भएमा रेबिच जस्ता थुप्रै सरुवा रोगको अन्य पशुहरुमा पनि सर्ने डा. थापाले बताउनुभयो ।
