नेपालगन्ज : प्रेस चौतारी बाँकेको साधारणसभा यहीँ बैशाख १७ गते नेपालगन्जमा हुने भएको छ । मंगलवार प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यहीँ बैशाख १७ गते नेपालगन्ज उद्योग वाणिज्य संघको हलमा साधारणसभा गर्ने निर्णय गरिएको हो । उक्त साधारणसभाको उद्घाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्ने प्रेस चौतारी बाँकेका सचिव कमल डाँगीले जानकारी गराउनुभयो ।
साधारणसभामा बाँकेको पत्रकारिताको चुनौती र अवसर, संगठन सुदृढीकरण लगायतका बिषयमा बृहद छलफल हुने अध्यक्ष रोकायले बताउनुभयो । उहाँका अनुसार, साधारणसभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ । मंगलवारनै बसेको बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनोनीत हुनुभएकोमा केन्द्रीय सदस्य एवं प्रदेश सह–सहइन्चार्ज रुद्रप्रसाद सुवेदी ,प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।
बैठकले प्रेस चौतारी बाँकेका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय उपाध्यक्ष सुरेन्द्र काफ्लेको ममतामयी आमाको असामयिक निधनप्रति दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठक दिवंगत आत्माको चीर शान्तिको कामना सहित स्वर्गिय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै यस दुखद घडीमा शोकाकूल परिवारमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि गहिरो समवेदना प्रकट गर्दछ । काफ्लेकी आमा हरिप्रिया काफ्लेको ७८ वर्षको उमेरमा आइतबार बिहान १०ः३७ बजे निधन भएको हो ।
बैठकमा प्रेस चौतारी केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज भेषराज बस्नेत,संगठनको निर्वाचन आयोग सचिव गोविन्द प्रसाद शर्मा,पुर्ब केन्द्रीय कोषाध्यक्ष अक्षरी पोखरेल,केन्द्रीय सदस्य शकिल अहमद कादरी,बिश्वराज पछल्डङ्या, अनुशासन आयोग सदस्य बिष्णु वेलवासे, केन्द्रीय सदस्य रुपा गहतराज,रुपनी जिएम, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रदेश सदस्य सरला सुवेदी,खम्बप्रशाद पुन, पबित्रा परियार लगायतको सहभागिता थियो भने उहाँहरुले संगठन सुदृढीकरणका लागि आवश्यक सल्लाह सुझाव दिनुभएको थियो ।
