नेपालगन्ज : पत्रकारितामा पुरुष पत्रकारको हावी हुँदा शुरुदेखि नै महिलाको क्षमता तथा व्यावसायिकतामा प्रश्न उठने गरेको सरोकारवालाहरुले बताएका छन् । सञ्चारिका समुह नेपाल बाँके शाखाले २१ औ स्थापना दिवशको अवसरमा आयोजना गरेको नयाँ बर्षको शुभकामना आदन–प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । अडिक आत्मबल भएका केही महिला पत्रकारले पुरुषप्रधान पत्रकारिता छिचोल्न सफल भएतापनि अझँपनि बाँकेमा महिला पत्रकारको प्रतिनिधित्व न्युन रहेको उनीहरुले औल्याएका छन् । सामाजिक, सांस्कृतिक बन्धनले बाधिने भएकोले बाँकेमा महिला पत्रकारको प्रतिनिधित्व न्युन देखिएको कार्यक्रमका प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाको उपप्रमुख संगिता सुवेदीले बताउनुभएको छ । सामाजिक, सांस्कृतिक बन्धनबाट उम्कन सफल महिला पत्रकारको प्रतिनिधित्व स्वाभाविक रूपमा थोरै हुने भएको उहाँले औल्याउनु भयो ।

पत्रकारितामा महिला पत्रकार जतिसुकै क्षमतावान भएतापनि महिलाको क्षमता तथा व्यावसायिकतामा सधै प्रश्न उठने चलन चल्तिले महिला पत्रकार पलायन हुदै गएको उहाँको भनाई रहेको छ । महिला पत्रकारलाई व्यवसायीक ढंगले पत्रकारिता क्षेत्रमा टिकाउन स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहेको बताउदै उहाँले कोहलपुर नगरपालिकाको सधै साथ सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । पत्रकारिता ऐना जस्तो छर्लङ्ग राज्यलाई झकझकाउने भएकोले संख्यात्मक भन्दा गुणात्मक बिकास भए राज्यलाई सकरात्मक दिशामा लैजाने उहाँले बताउनुभयो । बाँकेका महिला पत्रकारको क्षमता अभिबृद्धी गर्न कोहलपुर नगरपालिकाले उद्घोषण तालिम समेत संचालन गर्ने उपप्रमुख सुवेदीले जानकारी गराउँनुभयो । पुरुषप्रधान पत्रकारितालाई उछिनेर महिला पत्रकार स्ंवयम अग्रसर हुनुपर्ने नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले बताउनुभयो ।

पत्रकारिताबाट अनुभव बटुल्दै धेरै महिला पत्रकार राम्रो भबिष्य बनाउन अन्य पेशामा लागेको उहाँको भनाई रहेको छ । पत्रकारितामा महिलाको क्षमता अभिबृद्धी गर्न प्रदेश र बाँके शाखाको महत्वपुर्ण भुमिका रहेको उहाँले बताउनुभयो । पत्रकारिता जस्तो बाहिर हिंड्नु पर्ने पेशामा अन्य व्यवसाय भन्दा कम महिलाले ठाउँ लिने अथवा पत्रकारिता रोज्न अनकनाउने उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले संचारिका समुह नेपाल बाँके शाखाले गरेका गतिबिधीको प्रशंसा गर्दै संचारिका समुहले महिला पत्रकारको उत्पादनसंगै क्षमता अभिबृद्धीमा पनि निरन्तरता दिन सुझाब दिनुभयो ।
पत्रकार महासंघको नेतृत्वमा महिला पत्रकारको अझँ बढी प्रतिनिधीत्व हुनुपर्ने उहाँले बताउनुभयो । लैङ्गिक मुद्दालाई मुल प्रवाहमा ल्याउन मिडीयामा महिला पत्रकारहरुको प्रतिनिधित्व बढाउ भन्ने मुल नाराका साथ सञ्चारिका समुह नेपाल बाँके शाखाले २१ औ स्थापना दिवशको अवसरमा भएको नयाँबर्ष शुभकामना आदन प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रमको अध्यक्षता संचारिका समुह बाँकेका उपाअध्यक्ष सरला सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव पवित्रा परियारले गर्नुभएको थियो ।

कार्यक्रममा कोहलपुर नगर कार्यपालिका समाजिक बिकास संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा, संचारिका समुह बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोख्रेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिब शिब सुनार, प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा संचारिका समुह लुम्बिनी प्रदेशका सदस्य लक्ष्मी तिमिल्सिना, सामुदायिक रेडीयो प्रसारक संघका केन्द्रिय सदस्य हेमन्त बि.क, कोहलपुर नगरपालिका वडा नं ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई, प्रेस सेन्टर कोहलपुरका अध्यक्ष पुक्ष्पराज हमाल, एनटिभी कोहलपुरका प्रमुख बिजय बर्मा, राष्ट्रिय दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियार, लगायतले शुभकामना सहितको मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
