(Friday 30th of October 2026)
`

अश्व कल्याण सुनिश्चीताको लागि नेपालगन्जमा अन्तरक्रिया

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    नेपालगन्ज : अश्व कल्याण सुनिश्चीताको लागि एनिमल नेपालले नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पशु कल्याणको क्षेत्रमा बिगत १३ बर्ष देखि काम गर्दै आएको एनिमल नेपालले अश्व कल्याण सुनिश्चीताको बिषयलाई उठान गर्दै अन्तरक्रिया सम्पन्न गरेको हो ।
    पशु कल्याण स्थापनाको लागि कानूनको अभाव र भएका कानूनहरु पनि प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन नसक्दा बेजुवान पुशुहरुले सास्ती खेप्दै आउनुपरेको एनिमल नेपालका कर्मचारी हरी जोशीले बताउनु भएको छ । पशुपंक्षीले पनि मानिष जस्तै पिडा थकान महसुस गर्ने हुदा उनीहरुलाई पनि आरामको आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले पशु कल्याणका आधारभुत पक्ष बताउदै “पशुपक्षीहरूका लागि आहारको राम्रो व्यवस्था हुनुपर्ने, राम्रो वातावरणमा बस्न पाउनुपर्ने, उसको स्वास्थ्यको ख्याल गर्नुपर्र्ने, जनावरहरूको व्यवहार अनुसार स्वतन्त्रत भएर बाँच्न दिनुपर्ने, कुनै पनि मानसिक तनाव नदिने” पाँच कुराहरूको सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
    एनिमल नेपालले सामुदायिक कुकुर, गद्या, सच्चड र घोडाहरुको कल्याणका लागि आवश्यक थुप्रै कार्यक्रम गर्दै आएको एनिमल नेपाल डा.सजन थापाले बताउनुभयो । राज्यले पशु कल्याण निर्देशिकाको व्यवस्था गरेता पनि सरोकारवालाको ध्यान जान दिनानु निर्दोश बेजुबान प्राणीले सास्ती भोक्दै आएको उहाँ बताउनुहुन्छ । पहाडी क्षेत्रमा सडक देखी मानिषको घर सम्म सामाग्री पु¥याउन गद्या, घोडा, खच्चडको चाहिने तर तिनीहरुको स्हारसुसार र उपचारमा भने ध्यानै नजाने भएकोले मानिसहरूले पशुपक्षीप्रति गर्ने निर्दयी भईसकेको उहाँले औल्याउनुभयो । मानिसले आफ्नो क्षमता अनुसारको भारी उठाए जस्तै पशुपक्षीलाई पनि उनीहरुले थाम्न सक्ने क्षमताको भारी अथवा बजन मात्र बोकाउनु पर्ने उहाँले जानकारी गराउनुभयो । अन्य पशुको तुलनामा सबै भन्दा धेरै गद्या, घोडा, खच्चडको धरै श्रम गर्ने भएता पनि राज्यले अन्य पशुहरु जस्तै उनीहरुलाई सुविधा अथवा बिमाको व्यवस्था नभएको उहाँले औल्याउनुभयो । पशुपंक्षीहरुलाई पनि ८ घण्टा आराम ८ घण्टा काम र ८ घण्टा मनोरञ्जन र हप्तामा १ पटक पुरै दिन आराम दिनुपर्ने उहाँले जानकारी गराउनुभयो । उहाँले मानिसहरूले पशुपक्षीलाई दर्दनाक तरिकाले पाल्ने, मार्ने गरि रहेकोे बताउदै पशुपक्षीहरूलाई पुच्छरमा बाधेर, झुण्ड्याएर, कोचाकोच गरी दर्दनाक तरिकाले एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा पशुहरुले खेप्नु पर्ने सास्ती बारेमा बताउदै पशु स्वस्थ छ भने मात्र त्यसबाट उत्पादित वस्तु (दूध, मासु, अण्डा) स्वस्थ हुने र अस्वस्थ पशुपक्षीबाट उत्पादित वस्तु खाँदा मानव जीवनका लागि हानिकारक हुने जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology