नेपालगन्ज : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले एक्सपर्ट एड्मिशन डे २०२३ आयोजना हुने भएको छ । शुक्रबार एक्सपर्ट नेपालगञ्जले देश बाहिर उच्च शिक्षा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अन्तरक्रिया तथा परामर्श कार्यक्रम आयोजना गर्ने भएको हो । एक्सपर्टले विदेशमा अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि अस्ट्रेलिया, क्यानडा, युके, अमेरिका र न्यूजिल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्ने र अध्ययन बारे भरपुररुपमा बुझ्न सक्ने एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जका प्रमुख सुनिल खड्काले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपालगञ्जले शुक्रबार हुने एक्सपर्ट एड्मिशन डे २०२३ मार्च कार्यक्रम बारे पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।

नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १५ देशका ५५ भन्दा बढी शहरुहरुमा आफ्नो शाखा स्थापना गरि आफ्नो काम सुरु गरेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले बैदेशिक अध्ययनमा जान चाहाने विद्यार्थीहरुलाई विगत २० वर्षदेखि आधिकारिक र विश्वस्नीय परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका कार्यकारी प्रमुख सन्जीव शर्माले बताउनुभयो । विगत २÷३ वर्ष कोरोनाका कारण बैदेशिक अध्ययनमा समस्या भएतापनि अब एक्सपर्टले बैदेशिक अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुका लागि भर्ना अभियान तथा परामर्श सुरु भैसकेको प्रमुख शर्माले बताउनुभयो ।
बाँके र आसपास क्षेत्रका विद्यार्थीहरुले उक्त कार्यक्रममा सहभागिताको लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले निशूल्क परामर्श दिने व्यवस्था मिलाएको छ । विश्वभरीबाट एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजमार्फत वैदेशिक अध्ययनको लागि एक लाख भन्दा बढी विदेशका विभिन्न विश्वविद्यालयहरुमा गैसकेका छन् ।
