नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुरले ७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले फागुन महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने ७ जना प्रहरी कर्मचारीहरूलाई बिहीवार नगद राशी सहित पुरस्कृत गर्नुभएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरको मातहतमा रहेको प्रहरी ईकाइका प्रमुखहरूलाई प्रहरी सेवा प्रवाह आम नागरिकको अपेक्षा बमोजिम हुनुपर्ने उहाँले बताउनुभयो । उच्च व्यवसायिक निष्ठा कायम गर्र्न, अपराध रोकथाम तथा न्यूनीकरणमा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरूप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषयमा उहाँले निर्देशन समेत दिनुभएको थियो ।
