(Friday 30th of October 2026)
`

अग्निजन्य दुर्घटना दैनिक बढ्दै, रोकथामको लागि राज्य उदासीन बन्दै

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज ०९ चैत : अग्निजन्य हिंसा तथा दुर्घटनाका सम्बन्धमा सचेतिकरण बैठक आज (बिहीवार) नेपालगन्जमा बसेको छ । विभिएस नेपालको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका बाँकेको सहजिकरणमा अग्निजन्य हिंसा तथा दुर्घटनाका सम्बन्धमा सचेतिकरण बैठक सम्पन्न भएको हो ।
    बिभिएस नेपालले अग्निजन्य हिंसा पिडितहरुको उपचार तथा पूनस्र्थापनामा सहयोग, जनचेतना, रोकथाम र बहस पैरवी गर्दै आएको बिभिएस नेपालले जनाएको छ । हाल विश्वभरी बार्षिक १ लाख ८० हजार अग्नि जन्य दुर्घटनाबाट मृत्यु हुने गरेको डब्लुएचओको तथ्याङले देखाएको तथ्य सार्वजनिक गरेको छ । भारतमा बार्षिक १० लाख अग्निजन्य दुर्घटनामा घाईते हुने गरेको तथ्याङक डब्लुएचओले सार्वजनिक गरेको विभिएस नेपालका कार्यक्रम संयोजक श्रीकृष्ण थापाले आफ्नो प्रस्तुतीकरणमा प्रस्तुत गर्नुभएको थियो । नेपालमा २०७६/०७७ मा ७६ हजार ७ सय ८० जना अग्निजन्य दुर्घटनामा घाईते भएको कार्यक्रम संयोजक थापाले तथ्याङक सार्वजनिक गर्नुभएको छ ।
    बिभिएसको तथ्याङक अनुसार २०१० देखि २०२० सम्मको अग्निजन्य हिंसाबाट पिडित एसिड आक्रमणबाट ३० जना महिला र ७ जना पुरुष गरि ३७ जनालाई सहयोग गरेको छ भने आत्महत्या कोशिष गरेका १२१ जना महिला र २८ जना पुरुष गरि १४९ जनालाई उपचार तथा परामर्श गरिएको छ यस्तै घरेलु हिंसाबाट ७८ जना महिला र १८ जना पुरुष गरि ९६ जनालाई सहयोग प्रदान गरेको छ । औषधी उपचार तथा परामर्शमा २ सय २९ जना महिला र ५३ जना पुरुष गरि जम्मा २ सय ८२ जना अग्निजन्य हिंसा पिडितलाई बिभिएस नेपालले सहयोग गरेको छ । हालसम्म जम्मा ९ हजार ५ सय ६३ जना भन्दा बढि विरामीहरुका लागि औषधी उपचारमा सहयोग गरेको बिभिएस नेपालले जनाएको छ ।
    अग्निजन्य घटनामा दुर्घटना, आत्मदह, हिंसा पर्ने गरेका छन भने आगो, एसिड, तातो तरल पदार्थ, प्रज्वलनशिल पदार्थ, बिद्युत, चट्याङ र तातो बस्तुले पोलेर हुने गरेको घटनालाई अग्निजन्य दुर्घटना भनिने गरेको कार्यक्रम संयोजक थापाले जानकारी गराउनुभयो । अग्निजन्य दुर्घटना सरकारको प्रथामिकतामा नपर्नु र कानुनहरु प्रयाप्त नहुनुका साथै कार्यन्वयनमा कमजोरी हुनु नै यसको मुख्य चुनौती रहेको संयोजक थापाले बताउनुभयो । देशमा सिमित स्रोत साधानको अत्याधिक माग, दक्ष जनशक्ति, पुर्वाधार र गुरस्तरीय प्रविधिको अभाव, जनचेतनामा कमि, हेलचक्र्याई, पुनस्र्थापना तथा आर्थिक सशक्तिकरणको कमि भएको सहभागि वक्ताहरुले बताएका थिए ।


    बिभिएस नेपालले अग्निजन्य घटना तथा अग्निहिंसाका पीडितहरूलाई औषधि, उपचार, पोषण, फिजियोथेरापी, मनोसामाजिक परामर्शमा जनचेतना, शिक्षा तथा बहस–पैरवि, व्यावसायिक तालिम प्रदान गरि पीडितको पुनस्र्थापना, अस्पतालहरुलाई आवश्यक सामाग्री, स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम जस्ता सहयोग प्रदान गर्दै आएको छ । बिभिएस नेपाल सन २०१८ सालदेखि संचालनमा रहेको छ । अग्निजन्य हिंसा तथा दुर्घटनाका सम्बन्धमा सचेतिकरण बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रबक्ता तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नगरका विभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्य, स्वास्थ्यकर्मी, विभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology