नेपालगन्ज : वित्तिय साक्षरता अभियान बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सि गाउँबाट सुरुवात गरिएको छ । विपन्न परिवारका निम्ती आशा भन्ने मुल नाराका साथ सुरु भएको साक्षरताका लागि जनचेतना अभियानको आयोजना आशा लघुवित्त वित्तिय संस्था लिमिटेड खजुरा शाखाले गरेको थियो ।
विश्व वित्तिय सप्ताह २०२३ अन्तरगत संचालन भएको अभियानमा कक्षा ९ र १० का छात्रछात्रालाई वित्तिय साक्षरताका लागि जनचेतना अभियान एक दिन संचालन गरिएको थियो । यही ८ गते संचालन भएको अभियानमा खजुरा २ सि गाउँ स्थित अमर मावि गौतम बस्तीका ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

एक दिने साक्षरता अभियानको प्रमुख अतिथि आशा लघुवित्त वित्तिय संस्था लिमिटेड कोहलपुरका अनुगमन अधिकृत तथा स्टेशन प्रमुख राजेश भण्डारी रहनुभएको थियो भने कार्यक्रमको संचालन खजुरा शाखाका प्रमुख सञ्जित ओलीले गर्नुभएको थियो । कार्यक्रममा आशा लघुवित्तका कर्मचारी कृष्ण बोहराको समेत सहभागिता रहेको थियो ।
