(Friday 30th of October 2026)
`

लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध (ब्राउन सुगर) सहित तीन जना व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ । शनिवार कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौडी स्थित १ सय १६ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित तीन जना व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बढैयाताल गाउँपालिका वडा नं. ७ बर्दियामा बस्ने २१ बर्षिय बिशाल सिंह ठकुरी, २८ बर्षिय बिक्रम सिंह ठकुरी र कोहलपुर नगरपालिका वडा नं.११ मा बस्ने १८ बर्षिय निर्जन ढकाललाई १ सय १६ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
    उक्त प्रहरीले चेकजाँच गर्ने क्रममा बिशालले लगाएको खैरो रङको ज्याकेटको अगाडीको खल्ती र मलद्धारमा लुकाई राखेको हरियो र आकाशे रङको प्लाष्टिकमा बेरेको अवस्थामा प्लाष्टिक सहित तौल १ सय २८ ग्राम १० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध गिलो पदार्थको मात्र तौल गर्दा १ सय १५ ग्राम, ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो गिलो पदार्थ, निर्जनको साथबाट प्लाष्टिक सहित २ सय ४० मिलिग्राम र प्लाष्टि हटाई शुद्ध गिलो पदार्थको मात्र तौल गर्दा २ सय २० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो गिलो पदार्थ बरामद गरिएको इप्रका कोहलपुरले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology