नेपालगन्ज : लघुवित्त वित्तीय संस्था र मिटर व्याजीहरुले घरमै पुगेर यातना दिने गरेको भन्दै ऋणीहरुले गुनासो सुनाएका छन् । बुधवार नेपालगन्जमा नेपाल कम्पुनिष्ट पार्टी बाँकेको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा ऋणीहरुले यस्तो गुनासो गरेका हुन् ।
बाँकेको खजुरा बि गाउँको शान्ति धौलाकोटीले लघुवित्तका कर्मचारीले पहिले ऋण लिन प्रोत्साहन गर्ने र ऋण लिएको एक महिना नपुग्दै थप ऋण दिन्छौ भनेर प्रलोभनमा पारी एक महिनामै ऋण असुली गरेको उहाँले बताउनुभयो । लघुवित्तको ऋणको दुरुपयोग गरी गाउँघरमा महिलाहरुलाई मिटर ब्याजमा पैसा लिन प्रोत्साहन गर्ने काम भइरहेको उहाँको आरोप छ । उहाँले भन्नुभयो “मैले लघुवित्त संस्थाबाट ५० हजार ऋण लिएको थिए ऋण लगेको थिए । ऋण लगेको एक महिना नबित्दै लघुवित्तले पुरानो ऋण चुक्ता गर्नु तपाईलाई थप ७ लाख रुपैया ऋण दिन्छौ भन्नुभयो । ऋण चुक्ता गर्नलाई हामीले आफन्तको सुन र मिटर व्याजीहरुसंग ऋण लगेउ तर लघुवित्तले ऋण दिएन अहिले हामीलाई मर्नु कि बाच्नु भएको छ ।” लघुवित्तहरुले पहिले ऋण प्रवाह गर्ने र ऋण दिएको एक महिना नबित्दै तत्काल तिर्न दबाब दिँदै आएको उहाँले बताउनु भयो । “केही कारणले समयमै ऋण बुझाउन नसके शरीरमा थुक्ने गर्छन् । झुन्डिएर, बिस पिएर मर ऋण मिनाह गर्दिन्छौ भन्ने गर्छन् । शरीर व्यापार गर भन्छन् । मेरो घरमा बसेर जे भन्छु त्यही गर् भन्छन् ।” धेरै महिलाहरु लघुवित्तको कारण गाउँ छाडेर भागिसकेका उहाँले दुखेसो सुनाउनुभयो ।
कृषि व्यापार गर्नलाई लघुवित्तबाट १ लाख ५० हजार रुपैयाँ लगेको ऋण एक महिना नपुग्दै बिभिन्न बाहानामा असुली गर्नलाई प्रलोभनमा पारेको जयकुमारी मल्लले बताउनुभयो ।गाउँघरमा लघुवित्त संस्थाका कर्मचारीले शुरुमा समूह निर्माण गर्ने जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भन्दै ऋण लिन प्रोत्साहन गर्ने गरेको र ऋण लिएपछि संस्थाका कर्मचारीहरु घरमा आएर यातना दिने गरेको उहाँ सुनाउनुभयो । ऋण तिर्र्न मिटर व्याजीबाट पैसा लिन बाध्य भएर अहिले मिटर व्याजीले एक मिनट पनि ढिला भए डबल तिर्बल व्याज तिर्न परेको उहाँले दुख व्यक्त गर्नुभयो ।
नेपालगन्जलाई कर्मथलो बनाएर व्यापार गरिरहनुभएका केशबराज खडकाले मटर ब्याजीको जादती र सास्ती खेप्दै आउनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो“ मैले व्यापार गर्न मिटर व्याजीबाट ३ लाख ऋण लगे साहुले के के काटनु पर्छ भनेर २ लाख ७० हजार रुपैया मात्र दियो । मिटर व्याजीले बाहाना बनाएर चेकमा सिग्नेचर गर्न लाएर अहिले उल्टै मुद्दा खेप्न बाध्य भएको उहाँले बताउनुभयो । मिटर व्याजीको कारण व्यापार छोडेर दिनानु कहिले जिप्रका त कहिले अदालत धाउनु परेको उहाँले दुख व्यक्त गर्नुभयो ।
नेपाल कम्पुनिष्ट पार्टी व्युरो ईनचार्ज संगम सी ले जनतालाई सास्ती दिन बन्द नगरे लघुबित्त र मिटर व्याजीलाई प्रतिवन्धत गर्ने अभियानमा उत्रिने बताउनुभयो । लघुवित्त र मिटर व्याजीका कारण दिनानु आम मान्छेले आत्मादाह गर्ने, घर छोडेर भाग्न बाध्य भएको बताउदै लघुवित्त र मिटर व्याजीहरुको बढदो जादती बिरुद्धको अभियान दक्षिण कर्णाली बाट सुरूवात भईसकेको उहाँले बताउनुभयो । संघ संस्थाले ३ देखी ४ प्रतिशत सम्म व्याजबिद्धी गरेको भएपनि लघुबित्त र मिटर व्याजीहरुले अनेक बाहानामा १९ प्रतिशत सम्म व्याज असुलेर करोडपति बन्ने गरेको उहाँले दाबी गर्नुभयो । राज्यसँग सल्लाह र सम्मन्य गरेर जनताको हकहितका लागि अगाडि जाने उहाँले बताउनुभयो ।
यस्तै गाउँघरमा लघुवित्त र सहर क्षेत्रमा मिटर व्याजीहरुको अत्याचारबाट जनता आजित भईसकेको नेकपा बाँके जिल्ला ईन्चार्ज रणदिप सी ले बताउनुभयो । अनियमित तरिकाले प्रवाह गरेको ऋण र चर्को व्याजलाई मिनाह नगरे लघुवित्त र मिटर व्याजी विरूद्द उत्रिने मात्र नभई बाँकेमा प्रतिवन्धत समेत गर्ने उहाँले बताउनुभयो । पहिले ऋण लिन प्रोत्साहन गर्ने र पछि यातना दिने बाँकेमा १२ लघुवित्त, ११ वटा नेपालगन्जमा मिटर व्याजी, कोहलपुरमा ७ वटा मिटर व्याजी रहेको उहाँले खुलासा गर्दै अनियमित व्याज ६ महिनाको अन्तरमा सकभर मिनाह गर्न लगाउने उहाँले बताउनुभयो ।
लघुवित्तहरुले ऋण तिर्न नसक्नेहरूको नाम पत्रिकामा छापिदिने, कर्मचारीलाई मध्यरातमा समेत ऋणीहरुको घरमा पठाउने र कर्मचारीहरुले मानसिक र शारीरिक यातना दिने जस्ता कार्यले दिनानु मान्छेले आत्मादाह गर्न पुगेको नेकपा बाँकेको भनाई छ ।
