(Friday 30th of October 2026)
`

प्रेस चौतारी बाँकेले ग¥यो नगद सहित २ जना पत्रकारलाई सम्मान

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँके शाखाले २ जना पत्रकारलाई सम्मानित गरिएको छ । २५ औं स्थापना दिवशको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले २ जना पत्रकारलाई सम्मानित गरिएको हो । संस्था प्रति पुराएको योगदानका साथै लामो समय बाँकेमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर काम गरिरहनुभएका कृष्ण अधिकारी र पिछडीएको बर्गको आवाज बनेर पत्रकारिता क्षेत्रमा क्रियाशिल रहनुभएको प्रतिबोध एपएमका धना के.सी.लाई महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा कदर गर्दै सम्मानित गरिएको हो ।
    पत्रकारहरुले विभिन्न सन्चार माध्यममा ल्याउने महत्वपुर्ण भुमिका निर्वाह गरेको कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले बताउनुभयो । प्रेस चौतारी बाँकेले बिभिन्न चुनौतीलाई सामना गर्दै आज २५ औं स्थापना दिवश मनाउन सफल भएको उहाँले बताउनुभयो । सञ्चार क्षेत्रमा पत्रकारको महत्वपुर्ण भुमिका रहने भएको हुनाले पत्रकारलाई प्रोत्सान गर्न यस्ता कार्यक्रमहरु गर्न आवश्यक रहेको उहाँले औल्याउनुभयो । लुम्बिनी प्रदेश संसद बसन्ती अधिकारी, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली,संस्थापक उपाध्यक्ष शिव डोटेल, भेषराज बस्नेत, बरिष्ठ पत्रकार पुर्णलाल चुके, नेकपा एमालेका महिला नेत्री शान्ती ढकाल लगायतले मन्तव्य व्यक्त गनुभएको थियो । उक्त स्थापना दिवशको अवसरमा बाँकेको डुडुवा गाउँपालिका अन्तरगत पर्ने सिद्दिबिनायक लायन्स पार्क नानापुरमा वनभोज कार्यक्रम गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology