नेपालगन्ज : नेपालगन्जको कारकाँदोमा रहेको सगरमाथा ई.मि. हाई स्कूलले सरस्वती पुजाको पुजाआजा गरि सरस्वती पुजा मनाएको छ । बिद्यालयले बिद्याकी देवी सरस्वतीकोे मन्दीरमा बिद्यार्थी तथा अबिभावक बोलाएर पुजाआजाका साथ सरस्वती पुजा गरेको हो । बिद्यालयमा बिद्यार्थीले शिक्षा आर्जन गर्न सफलता मिलोस भन्दै पुजा पाठ गरेको बिद्यालयले जनाएको छ । बिहीवार सरस्वती पुजाको दिन बिद्यालयले बनाएको सरस्वती देबीको मन्दिरलाई उद्घाटन गर्दै नाचगान साथ रमाईलो गरेर पुजाआजा गरिएको बिद्यालयको एमडी कोशल राज पान्डेयले जानकारी गराउनुभयो ।

सगरमाथा ई.मि. हाई स्कुलमा अध्ययनरत शैक्षिक सत्र २०७३ (सातौ बर्ष) कक्षा १० मा अध्ययनरत छात्रछात्राहरुद्धारा विद्यालयमा कमि रहेको विद्या कि देवी सरस्वतीको मुर्ति मायाको चिनो स्वरुप प्रदान गरेका छन् । सगरमाथा विद्यालयमा २०७३ सालमा अध्ययनरत छात्रछात्राले सहयोग गरेका नाम यसप्रकारका छन् शिशिर रिजाल, रोहित बढही, दिपेन्द्र बढही, सागर कुमार कार्की, रामदिन साहु, क्षितिज योगी, अञ्जली शाह, अनिता विष्ट, सरस्वती खडका, मेलिना मल्ल, रुपा चौधरी, रुक्कणी थापा, कमला मल्ल, अर्विन थापा, मेहबुब अलि शेष, किसन चौधरी, युवराज खत्री, सुस्मीता शर्मा, निशा कुमारी कटवाल, प्रमोद भण्डारी, नविन पुन, लिला बुढामगर, निरुता बुढाथोकी, गायत्री कुमारी सिंह, क्षितिज शाह, कमल थापा, विशाल थापा मगर, जिवन बर्मा रहेका छन् ।

यस्तै बाँके लगायत देशभरि नै सरस्वतीको मन्दिर तथा बिद्यालयहरुमा बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेर सरस्वती पुजा गरिएको छ ।
