(Saturday 25th of July 2026)
`

नेपालगन्जमा हुने महोत्सवको सचिवालय मेला परिसरमा

  • सगरमाथा गन्तब्य
  • 9.9K
    SHARES

    नेपालगन्ज : नेपाालगन्जमा हुन गईरहेको चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवको सचिवालय मेला परिसरमा स्थानतरण गरिएको छ । महोत्सव नजिकीए संगै तयारीलाई तिब्र र सहज बनाउन महोत्सवको सचिवालय मेला परिसरमा स्थानतरण गरिएको हो । यही माघ १० गते देखि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोमा स्थित रहेको सडक डिभिजन कार्यालयको परिसरमा महोत्सब हुने भएको प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी गराउनुभयो । उहाँले महोत्सवको लाग्न ४ दिन मात्र बाँकी रहेकोले तयारीका अझँ थप तिब्रता दिन सचिवालय महोत्सव परिसर भित्र स्थानतरण गरिएको बताउनुभयो ।
    उहाँको अनुसार महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको छ । स्टल बुकिङ्ग भने अहिले केही प्रतिशत मात्र बाँकी रहेको संयोजक कर्णेलले जानकारी दिनुभयो । यस अघि महोत्सबको सचिवालय कारकाँदो स्थित माछापुच्छे्र बैंकको पारीपट्टी राखिएको थियो । सचिवालय स्थानतरणले महोत्सव स्थल भित्र प्रचारप्रसार संगै व्यवस्थापनमा थप सहजता हुने अपेक्षा गरिएको प्रचारप्रसार समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology