नेपालगन्ज : ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यका साथ नेपालगन्जको कारकाँदोमा रहेको सगरमाथा ई.मि. हाई स्कूलमा खेलकुद सप्ताह सुरु भएको छ । सगरमाथा ई.मि. हाई स्कूलले १८ औ “स्पोर्टस मिट–२०७९” को अवसरमा आजदेखि खेलकुद सप्ताह मनाउन सुरु गरेको हो । खेलकुद सप्ताहको उद्धघाटन सगरमाथा बिद्यालयका संस्थापक अध्यक्ष कृष्ण बहादुर जीसीले गर्नु भएको थियो । बिद्यालयका संस्थापक अध्यक्ष जीसीले खेलकुद सप्ताहमा प्रयोग हुने सामाग्री दिदै खेलले बिद्यार्थीहरुको शिक्षण सिकाईमा समेत प्रत्यक्ष सहयोग गर्ने भएकोले खेल अनिवार्य रहेको बताउनुभयो ।

बिद्यालयमा खेलकुद सप्ताह अन्तर्गत भलिबल, फुटसल, हाई जम्प, लङ जम्प, स्पोन रेस, चेयर रेस, व्याटमिन्टन, म्युजिकल चेयर, ब्यालुन व्लास्ट लगायतका खेल खेलाईने बिद्यालयका एमडी कोशल राज पान्डेयले बताउनुभयो । उहाँले बालबालिकालाई समाजिक सञ्जालबाट टाढा राख्न र बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गदै बिद्यालयले सप्ताह खेलकुद संचालन गर्दै आएको जानकारी गराउँनुभयो । “खेलकुद पनि एक शिक्षा नै हो ।

खेलकुदले पनि स्वास्थ्य शिक्षामा धेरै बिकास गरेको छ ।” खेलकुदद्धारा सगरमाथा बिद्यालयका बिद्यार्थी पनि भोलीको दिनमा अन्तराष्ट्रिय खेलाडी बन्न सक्ने सम्भावना रहेको बिद्यालयका एमडी पान्डेयेको भनाई छ । उहाँको अनुसार खेलकुद सप्ताहमा कक्षा नर्सरी देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई सहभागि गराइएको छ । बिद्यार्थीलाई खेलप्रति हौसला प्रदान गर्ने उद्देश्यले खेलकुद सप्ताहमा बिद्यालयले उत्कृट खेलाडीलाई पुरस्कृत समेत गर्ने उहाँले जानकारी गराउनुभयो । सप्ताह व्यापी खेलकुद ७ दिन सम्म संचालन रहने सगरमाथा बिद्यालयले जनाएको छ ।


