(Friday 30th of October 2026)
`

बिहीबारदेखि खजुरामा रनिङ शिल्ड हुने

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    बाँके – बाँकेको खजुरा गाउँपालिकामा बिहीबारदेखि अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता २०७९ आयोजना हुँदैछ । बाँकेकी लुम्बिनी प्रदेश सासद कृष्ण केसी नमुनाले उद्घाटन गर्ने उक्त रनिङ शिल्ड प्रतियोगितका बारेमा पालिकाले बुधबार खजुरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगिता वडा नम्बर ४ मा रहेको श्री नेरा आदर्श आधारभुत विद्यालय डि गाउँमा संचालन गर्न लागिएको हो । खजुराले युवा तथा खेलकुदको प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ हरेक वर्ष रनिङ शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै आइरहेको छ । सम्मेलनमा पालिका अध्यक्ष डम्बरबहादुर विकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अवसर प्राप्त गर्न रनिङ शिल्ड प्रतियोगिता आधारभूत कोशेढुंगा सावित हुने बताए । पालिकाले योपटक आयोजना गर्न लागेको पाचौं संस्करणमा बजेट पनि बढाएको छ । पालिका अध्यक्ष विकका अनुसार खेलकुदलाई प्राथमिकता दिनको लागि पालिकाले यो वर्ष रनिङ शिल्डका लागि बजेट बढाएको बताए । यो वर्ष प्रतियोगिताका लािग १४ लाख ८८ हजार ५ सय रुपैयाँ रहेको छ ।

    जसका लागि पालिकाको तर्फबाट ११ लाख ८८ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ भने वडा नम्बर ४ ले १ लाख र खेलकुदमा सहभागी विद्यालयबाट २ लाख रुपैयाँ उठाइएको अध्यक्ष विकले जानकारी दिए । प्रतियोगितामा माध्यमिक तह कक्षा ९ देखि १२, आधारभुत तह कक्षा ६ देखि ८ र प्राथमिक तह कक्षा १ देखि ५ सममका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा माध्यमिक तह एथलेटिक्स, भलिबल, कबड्डी गरी जम्मा १५ खेल हुनेछन भने आधारभुततर्फ १० र प्राथमिकतर्फ एथलेटिक्स खेलहरु खेलाइने सचिवालय संयोजक तथा शिक्षा तथा खेलकुद शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिए । प्रतियोगितामा चेस प्रतियोगिताको पनि आयोजना हुनेछ । जसमा प्रत्येक विद्यालयका छात्रा र छात्र १–१ जना सहभागी गराउन सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा पालिकाका सामुदायिक, संस्थागत र मदरसा गरी ६६ विद्यालयका १ हजार ३ सय २० जना खेलाडीको सहभागिता हुने जनाइएको छ । योपटक पालिकाले परस्कार राशीमा पनि वृद्धि गरेको छ ।

    पालिकाले प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका लागि क्रम ३३ हजार, २० हजार र १४ हजार रुपैयाँ पुरस्कार राशी राखेको छ भने खेलमा उत्कृष्ठ हुने विद्यार्थीलाई सम्मान स्वरुप ट्रफी तथा मेडलको व्यवस्था गरेको छ । त्यस्तै योपटक प्रतियोगितामा विद्यागत उत्कृष्ठ खेलाडीका लागि पनि नगदसहितको पुरस्कारको व्यवस्था गरिने अध्यक्ष विकले बताए । साथै प्रतियोगितामा ५० जना विद्यार्थीलाई बीमाको पनि व्यवस्था गरिएको छ । प्रतियोगितालाई भब्य र सब्यरुपमा सम्पन्न गर्नका लागि पालिकाले ३ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । खजुरा गाउँपालिकामा विविध जातजाति धर्मावल्मी र साँस्कृतिक पहिचान र सदभाव कायम गर्न प्रतिकको रुपमा मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लोगोमा विविध धर्मका धार्मिक स्थलहरुको अंकित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले जानकारी दिए । त्यसै गरी प्रतियोगितामा गिजरा सामायिक बनमा पाइने नील गाईको प्रतिक चिन्ह मस्कटको रुपमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology