(Friday 30th of October 2026)
`

नेपालगन्जमा सदभाव बढाउदै माघ महोत्सव

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : थारु समुदायको महान पर्वको अवसरमा नेपालगन्जमा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवको तयारी तीव्र पारिएको छ । यही पुस २७ र २८ गते नेपालगन्जको रमलीला मैदानमा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवको तयारी तीव्र पारिएको थारू कल्याणकारिणीसभा बाँकेले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
    थारु समुदायको पहिचान झल्काउनुका साथै संरक्षणमा पनि टेवा पु¥याउने र थारु कला, संस्कृतिको संरक्षण नै महोत्सवको उद्देश्य रहेको थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष बिनोद चौधरीले बताउनुभयो । महोत्सवमा थारु समुदायका मौलिक वेशभूषा, मैलिक खाना, मौलिक कलालाई प्राथमिकता राखेर महोत्सवको तयारीलाई तीब्र पारेको उहाँले बताउनुभयो । महोत्सवमा अन्य आकर्षणका रूपमा थारू समुदायको परम्परागत भेशभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, मौलिक खानाका परिकारका प्रदर्शनी, हस्तकला सामग्री तथा थारू पहिरनको प्रदर्शनी लगायतका कार्यक्रम गरिने थारू कल्याणकारिणीसभा बाँकेका अध्यक्ष चौधरीको जानकारी गराउनुभयो ।
    थारु आदीवासी कर्मचारी तथा व्यवसायी संगठनका अध्यक्ष जित बहादुर थारुले माघी पर्व थारू समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन आवश्यक रहेको बताउदै यसलाई भव्यरूपमा सफल गराउँन बाँकेका सबै सञ्चारकर्मीहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
    महोत्सवका मुल आयोजक तथा थारू कल्याणकारिणीसभा नगर का अध्यक्ष बासमती थारुले दुई दिन सञ्चालन हुने महोत्सवको उद्घाटनको दिन थारु समुदायको परम्परागत भेशभूषा लगायर धम्बोझीदेखि निस्कने झाँकी सहितको ¥याली सेतुविक चोक, न्युरोड, त्रिबेणीमोड, त्रिभुवन चोक, सदरलाईन, भेरी अस्पताल हुदै रामलिला मैदानमा पुग्ने बताउनुभयो । थारु समुदायको पहिचान झल्काउने उद्देश्यले महोत्सव आयोजना गरिएको हुनाले महोत्सव हेर्न आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको उहाँले जानकारी गराउँनुभयो ।
    महोत्सवमा राष्ट्रिय हास्य कलाकार जितु नेपाल (मुन्द्रे) लगायत ४५ बढि कलाकारको उपस्थिती रहने झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो । महोत्सव हेर्न आउने दर्शकहरुलाई मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानिय कलाकारहरुले थारु पहिरनमा सांस्कृतिक नृत्य, झुला, थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, लगायत थारु समुदायको पहिचान झल्काउने कार्यक्रमको प्रद्धशनी हुने संयोजक थारुले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology