(Saturday 25th of July 2026)
`

चिसो बढेपछि डुडुवाका शैक्षिक संस्था केही दिन बन्द

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    डुडुवा : अत्याधिक चिसो बढेपछि बाँके डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन ।
    केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या आउन सक्ने र विद्यालयमा पठनपाठन प्रक्रियामा असहज वातावरण हुनेभएपछि आइतबार पुस २४ गतेदेखि पुस २९ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएको छ ।
    गाउँपालिका अन्र्तगतका सम्पुर्ण सामुदायिक विद्यालय, मदरसा, गुरुकुल र बालविकास तथा संस्थागत विद्यालयहरु ६ दिनका लागि बन्द गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सञ्जयकुमार कर्णले बताउनुभयो । शाखा प्रमुख कर्णले एक सूचना जारी गरि शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जनाउनु भएको छ ।
    यसविचमा सामुदायिक विद्यालयहरुमा संचालित परिक्षाहरु मध्ये बाँकी रहेका विषयहरुको परिक्षा विद्यालय खुलेपछि पुर्ववत अनुसार संचालन हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology