(Friday 30th of October 2026)
`

डुडुवा गाउँपालिकाद्धारा दाउरा वितरण शुरु

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES

    डुडुवा : चिसो छल्न बाँके डुुडुवा गाउँपालिकाले दाउरा वितरण गर्न शुरु गरेको छ । केही दिनदेखि चिसो अत्याधिक बढेपछि आगो ताप्नमा सहजता र चिसोबाट बच्नका लागि गाउँका विभिन्न स्थानमा दाउरा वितरण गर्न शुरु गरिएको हो ।
    आज पहिलो दिन गाउँपालिकाका विभिन्न कार्यालय तथा सार्वजनिक स्थानहरुमा आगो ताप्नका लागि दाउरा वितरण भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौड्यालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका वार्ड नंं १, २, र ४ का विभिन्न सार्वजनिक स्थान, चोक, स्वास्थ चौकी, वडा कार्यालय लगायत स्थानमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।
    भोली शुक्रबार गाउँपालिकाको वार्ड नं ३, ५ र ६ का विभिन्न स्थानहरुमा दाउरा वितरण गरिने छ । थप दाउराको व्यवस्थापनको कार्य भईरहेकाले गाउँपालिकाका हरेक स्थानमा दाउरा वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology