(Friday 30th of October 2026)
`

नेपालगन्जमा हुने माघ महोत्सवमा ४५ कलाकार, को को आउँदैछन् त ? 

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    नेपालगन्ज : बाँकेको नेपालगन्जमा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवका लागि ४५ जना कलाकार आउने भएका छन् । थारु कल्याणकारिणी सभा नेपालगन्ज नगरको आयोजनामा हुने लुम्बिनी प्रदेश स्तरिय माघ महोत्सवका लागि ४३ जना राष्ट्रिय तथा स्थानिय कलाकारहरु आउने पक्का भएका हुन् । आज बसेको मुल आयोजक समितिको बैठकले राष्ट्रिय तथा स्थानिय कलाकार तथा प्रमुख अतिथि फाइनल गरेको हो । महोत्सवको प्रमुख अतिथि समाजसेवी डिल्ली बहादुर थारु रहने गरि विशिष्ट अतिथि गोपाल दहित, फत्तेसिह थारु लगायत विभिन्न पार्टीका राजनीतिक दलका प्रतिनिधिको समेत सहभागिता गराउने आयोजक टिमले जनाएको छ ।
    यही पुष २७ र २८ गते हुने माघ महोत्सवका लागि राष्ट्रिय कलाकार सोनु कुश्मी, मनिराम चौधरी, श्रीनिवास थारु, समु चौधरी, उमेश मुस्कान, विवश जिएच, सुनिता दहित, खेम भौगरिया, नरेश देवदाश, सोमती थारु, एके चौधरी, राम आरोह, अस्मिता चौधरी, दिपिका जिएच, अनुस्का थारु, सत्यनारायण चौधरी –फेटारा) मस्ते बर्दियाली, निरमला चौधरी, कुन्दच चन्द, प्रदिप चौधरी, अशोक चौधरी, लक्ष्मी चौधरी, भावना चौधरी, सजिना चौधरी, सुस्मीता चौधरी, झरना चौधरी, राजेन्द्र चौधरी, अप्सरा चौधरी, विमल चौधरी, रिदम झव्लहवा, मस्तिराम चौधरी –मस्तैला), नवराज सुवेदी, दिपक बर्मा, मनिषा परियार, राधिका परियार, पुजा चौधरी, विरु गोडिया, पुनम चौधरी लगायतका कलाकार आउने झाँकी तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक भगतराम थारुले जानकारी गराउनुभयो । दुई दिन संचालन हुने माघ महोत्सब कार्यक्रममा थारु परिकारका स्टल, विभिन्न किसिमका खेल, झुला लगायतका मनोरञ्जनात्मक कार्यक्रम हुने संयोजक थारुले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology