नेपालगन्ज : भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२२ को अवसरमा शुक्रवार नेपालगन्जमा दोश्रो वाकथन सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा सम्पन्न भएको हो । भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने उद्धेश्यले पश्चिम नेपालमा पहिलो पटक भएको वाकाथनमा सबै क्षेत्रको प्रतिनिधित्व भई वाकथन कार्यक्रम गरिएको छ । भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ आयोजना भएको कार्यक्रमले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने आयोजकले जनाएको छ । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझाँ कार्यक्रमको रुपमा स्थापित गर्ने गरी आयोजना गरिएको कार्यक्रमले सार्थकता पाउन बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो“ हामीले आचारण र हाम्रो व्यवहार सुधार्न सके देश अवश्य सुशासनको बाटोमा आउन सक्ने उहाँले धारणा राख्नुभयो । हामी आफैबाट सुशासनको बाटो तय गर्न जरुरी रहेको निमित्त प्रजिअ शर्माले भन्नुभयो ।
सुशासन र भ्रष्ट्राचार मुक्त देश बनाउनका लागि बोलीबाट होइन कर्मबाट आफ्ना चरित्र प्रदर्शन गर्न आवश्यक रहेको निमित्त प्रजिअ शर्माले बताउनुभयो । हाम्रो देशले भ्रष्ट्राचार विरुद्धको दिवश नमनाउनु दुखको कुरा भएको बास नेपालका निर्देशक नमस्कार शाहले जानकारी गराउनुभयो । भ्रष्ट्राचारका विरुद्धमा देशले कठोर कानुन बनाउन अति जरुरी रहेको निर्देशक शाहले भन्नुभयो । हरेक निकायमा भ्रष्ट्राचार मौलाएको हुनाले यसले देशलाई समुन्नतीको दिशातिर लैजान सकिरहेको अवस्था छैन उहाँले भन्नुभयो ।

वाकाथन नेपालगन्जको गणेशमान चोकबाट शुरु भई चारवाहीनि रोड, भेरी अस्पताल रोड, सदरलाईन, त्रिभुवन चोक हुदै विपी चौक समापन भएको थियो । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रदर्शन, सडक नाटक, नृत्य, प्रहरीको व्याण्ड, गायन लगायतका गतिविधिहरु गरिएको थियो ।
कार्यक्रममा स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुको सहभागिता रहेको थियो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएको छ ।

