(Friday 30th of October 2026)
`

आत्मरक्षाका लागि खेल खेल्न आवश्यक छ : हाप्किडो संघका केन्द्रिय अध्यक्ष घर्तिमगर

  • सगरमाथा गन्तब्य
  • 12.3K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा बिहीवार जिल्ला स्तरिय हाप्किडो कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल मार्शलआर्ट हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालि बहादुर घर्तिमगरको प्रमुख आतिथ्यतामा बिहीवार नेपालगन्जमा जिल्ला स्तरिय हाप्किडो कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
    नेपाल मार्शलआर्ट हाप्किडो संघ जिल्ला कार्यसमिति बाँकेको आयोजनामा भएको कार्यशाला गोष्ठी तथा नेतृत्वदायी विकास कार्यक्रममा जिल्लाका खेलाडीले विभिन्न खाले कला प्रदर्शन गरेका थिए । हाप्किडो संघले खेललाई मात्र नभई शिक्षा, रोजगार तथा कलात्मक क्षमता आदनप्रदान गर्ने गरेको संघका केन्द्रिय अध्यक्ष एवं प्रशिक्षक कालिबहादुर घर्तिमगरले बताउनुभयो । खेल स्वास्थ्यको लागि भएको हुनाले जुनसुकै खेल खेल्न अति आवश्यक रहेको उहाँले जानकारी गराउनुभयो । आत्मरक्षाका लागि खेल खेल्न आवश्यक छ केन्द्रिय अध्यक्ष घर्तिमगरले भन्नुभयो ।


    प्रत्येक आम नागरिकमा हाप्किडोको बारे जनचेतना जगाउन अति जरुरी रहेको छ । हाप्किडो खेलले समाज रुपान्तरका लागि पहल गर्दै आएको केन्द्रिय अध्यक्ष घर्तिमगरले जानकारी गराउनुभयो । गुरु सहि भए मात्र चेला सहि लक्ष्य तिर लम्कने उहाँले जानकारी गराउनुभयो । राम्रो खेलाडी उत्पादन गर्न दक्ष प्रशिक्षकको खाँचो हुन्छ तसर्थ हाप्किडो खेलका हरेक प्रशिक्षक दक्ष र क्षमतावान भएका छन् घर्तिमगरले भन्नुभयो ।
    खेल कसरी खेलिन्छ, खेल के को लागि, किन र कसरी खेल खेल्न जरुरी छ भन्ने विषयमा केन्द्रिय अध्यक्ष घर्तिमगरले जानकारी दिनुभयो । नेपालमा ७ वटा प्रदेशमा संघ छ जसमा अधिराज्यभर ६० जिल्लामा ७५ हजार खेलाडी आवद्ध रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology