(Friday 30th of October 2026)
`

प्रधानमन्त्री बन्न लायक म पनि छु : राठौर

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज, – नेपाली कांग्रेसका सह महामन्त्री किशोर सिंह राठौरले आफु पनि प्रधानमन्त्रीका लागी सक्षम र तयार रहेको बताउनुभएको छ ।
    नेपालगन्जमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गगन थापाले प्रधानमन्त्रीको दावी गर्नु भएको संज्ञ गर्दै राठौरले आफु पनि प्रधानमन्त्रीको लाइनमा रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो क्लिएर कुरा त के हो भने पार्टी कार्यकर्ताले महामन्त्रीलाई संगठन बनाउनका लागी मत दिएको विर्सनुहुँदैन । प्रधानमन्त्रीको दावी भन्दा उहाँले ५ वर्ष पार्टी संगठन गर्नुपर्छ ।’ थापाले यो विषयमा पार्टी भित्र आवश्यक परे छलफल हुने बताउनुभयो । कसलाई के बनाउन पार्टीको जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।
    प्रतिनिधि सभा सदस्य चुनिएका राठौरले देशमा चलिरहेको सशस्त्र द्घन्द्घ अन्त्य गर्ने उदेश्यले शान्ति प्रक्रिया सँगै शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनका केही मुख्य राजनीतिक दलहरुबीच सहकार्यको ऐतिहांसिकताको महत्व स्मरण गर्नु पर्ने भन्दै ०४६ सालको जनआन्दोलनमा भएको सहकार्य लाई लोकतन्त्रको जगका रुपमा लिनुपर्ने समेत बताउनुभयो । वि.सं.२०६२–०६३ सालको दोश्रो जनआन्दोल, पहिलो संविधान सभाको निर्वाचन, गणतन्त्रको घोषणा र दोश्रो संविधान सभाबाट संविधान जारी गर्दा देखि संविधानको कार्यान्वयन सम्म आईपुग्दा नेपालका राजनीतिक दलहरुको आपसी समझदारीलाई एक महत्वपुर्ण कडीका रुपमा लिनुपर्ने भन्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राठौरले संसदको आयु छँदै तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारबाट भएको पटक–पटक संसद भगं गर्ने असंवैधानिक कदमका विरुद्ध मुख्य राजनीतिक दलहरु बीच फेरी सहकार्य सुरु गर्नु परेको थप प्रष्ट पार्नुभएको हो ।
    बाम लोकतान्त्रिक गठबन्धनको औचित्यका विषयमा राठौरले भन्नुभयो – ‘संविधानको रक्षार्थ जनतामाझ हाम्रा मुद्दा अनुमोदनका लागी गठबन्धन सहित चुनावमा गएका हौं ।’ निर्वाचन पछिको मतपरिणाम सँगै देशमा विकसित भइरहेको राजनीतिक घट्नाक्रमको सहि ढंगले विश्लेषण गर्दै देशको सर्वोपरी हितमा राजनीतिक दलहरुले निर्णय लिन सक्नुपर्ने बेला आएको राठौरको भनाई छ ।
    नेपाली कांग्रेसले देशको सर्वागिंन विकाससँगै जनताका हक र अधिकारको सुरक्षा हुनेगरी विभिन्न पक्ष सँग सहकार्य गरेर अघि बढ्नु पर्ने भन्दै राठौरले गरिमामय सार्वभौम संसदको संसदीय विधि र प्रक्रियाको पालना गरी नर्याँ सरकार निर्माणको पहलकदमी कांग्रेसले नै लिनु पर्ने राजनीतिक आबश्यकता रहेको समेत बताउनुभएको छ । राठौरले भन्नुभयो –‘लोकतन्त्रको संस्थागत विकासका लागी नेपाली कांग्रेसको भूमिका सँधै नेतृत्वदायी छ हामी त्यसै अनुसार अघि बढ्ने छौं ।’ आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका बारेमा कसरी काम गर्नु हुन्छ नि ? भन्ने पत्रकारहरुको जिज्ञांसामा बाँके क्षेत्र नं. ३ का नव निर्वाचित सांसद राठौरले विकासका लागी विभिन्न तहका सरकारबाट वजेटको पर्याप्त ब्यवस्था मिलाउने तर्फ आफ्नो पहिलो ध्यान केन्द्रित गर्ने जवाफ दिनुभएको थियो । नेपाली कांग्रेसका सह महामन्त्री राठौरले सोमबार पत्रकार सम्मेलन मार्फत प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट निर्वाचित बनाएकोमा निर्वाचन क्षेत्रका मतदाताहरुलाई विषेश धन्यवाद समेत दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology