सरला सुबेदी बाँके : नेकपा एमाले बाँके जिल्ला क्षेत्र नम्बर १ का तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका सुर्य ढकाल निर्वाचित भए पस्च्यात आफुले राजनीतिक सुरुवात गरेको जिल्ला बर्दियामा गएर भेटघाट गरेका छन् ।
ढकाल बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ३ बनियाभार पुगेपछि स्थानीयले उत्साहित हुँदै फुलमाला सहित स्वागत गरेका थिए। भेटघाटकै सिलशिलामा उनी आफू पढेको बिद्यालयमा गएर गुरुहरु र विद्यार्थी भाईबहिनिहरुलाई समेत भेटेका थिए ।
युवक माबि जोगि गाउँका गुरु केशवराज सुबेदीले आफुले हुर्काएको र आफुले कखरा सिकाएको हिजोका ती सुर्य आज यसरी सफल भएर चम्किदा र जित पछि यसरी आफ्नो गाउँ अनि स्कुलमा भेट्न आउदा आफु मात्रै नभैइ समग्र गाउँ नै खुसी भएको बताएका छन्
आफुले बाल्यकाल बिताएको अनि १० कक्षा सम्म अध्ययन गरेको स्कुलमा गएर सबैलाई धन्यवाद दिदै आफूले बाँकेका जनताको मतले निर्वाचन जितेको भए पनि अबका दिनमा यस ठाउँको लागि र आफु अध्ययन गरेको स्कुल युवक माबीको स्तरोन्नतिको लागि सधै लागिपर्ने बताए। उनले बिद्यार्थी भाईबहिनीहरु माझ आफ्ना अनुभव साट्दै र पढाइ भन्दा पनि बढी सिकाईमा ध्यान दिन आग्रह गरेका छन् ।

