नेपालगन्ज ०१ मंसिर : नेपालगन्ज म्याराथनले यसबर्ष आफ्नो पुरस्कार राशीमा बृद्धि गरेको छ । आठौं धारा नेपालगन्ज म्याराथनले यसबर्ष फुल म्याराथन प्रथम हुनेलाई १ लाख ५० हजार, दोश्रोलाई ६० हजार, तेश्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौलाई १० हजार, छैठौंलाई ८ हजार, सातौलाई ७ हजार र छैठौंलाई ६ हजार नगद सहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । नेपालगन्ज म्याराथान बिहीवार आयोजित पत्रकार सम्मेलनमा हरेक वर्ष आयोजना हुने नेपालगन्ज म्याराथनको आठौं संस्करण यसपटक मंसिर २४ गते शनिबार हुने भएको छ । हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजना हुँदै आएको नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर विष्टले नेपालगन्ज उपमहानगर नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार रहेको बताउनुभएको छ । यस वर्ष नेपालगन्ज म्याराथनमा ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी गरी चार रेशलाई एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)ले प्रमाणीकरण गरेको छ । हरेक खेलाडीका लागि अब नेपालगन्ज म्याराथन प्रवेशद्वारका रुपमा रहनेछ । यो नेपालगन्जका लागि, लुम्बिनी प्रदेशका लागि र नेपालका लागि उपलब्धिमुलक रहनेछ ।
यो हामी सबैको लागि खुशीको कुरा हो । गत वर्ष झैं यस वर्ष पनि बिभिन्न ११ वटा विधामा स्पर्धा समावेश गरिनेछ । कर्पोरेटतर्फ महिला यसबर्ष थप गरिएको हो । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन पुरुष तथा महिला, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ । नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले नेपालगन्ज म्याराथनलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सबैको साथ आवश्यक रहेको बताउनुभएको थियो । सर्वप्रथम, तपाईहरुसँग खुशी बाँड्न चाहन्छौं । तपाईंहरुको स्नेह, साथ र सहयोगले नेपालगन्ज म्याराथन अन्तर्राष्ट्रिय मञ्चमा जोडिन पुगेको छ । यसको सम्पुर्ण श्रेय सरोकारवालालाई दिन चाहन्छौं । नेपालबाट नेपालगन्ज म्याराथनले एम्सबाट सदस्यता प्राप्त गर्न सफल भइ एम्सको क्यालेण्डर र डाइरेक्टरीमा सुचिकृत भएको छ । यो तपाईं हामी सबैका लागि खुशीको कुरा हो । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको म्याराथनको तयारी द्रुत गतिमा अगाडि बढाएका छौं । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुने आठौं धारा नेपालगन्ज म्यराथनलाई केएल दुगड ग्रुपले मुख्य प्रायोजन गरेको छ ।
