(Friday 30th of October 2026)
`

आफ्नो क्षेत्रको बिकासमा दत्तचित्त भएर लाग्ने छु : दुर्गा प्रसाद चौधरी

  • सगरमाथा गन्तब्य
  • 11K
    SHARES

    नेपालगन्ज २५ कार्तिक : आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल तातिएको छ । चुनाबी माहोल तातिएसंगै राजनीति दलहरु तथा स्वतन्त्र उम्मेद्वारहरु मत माग्न जनताको घरदैलोमा व्यस्त देखिएका छन् । नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ (ख) प्रदेशसभा सदस्य पदका उम्मेदवार दुर्गा प्रसाद चौधरी घरदैलो अभयानलाई तिब्रता दिनुभएको छ । घरदैलो अभियानलाई तिब्रता दिदै प्रदेशसभा सदस्य उम्मेद्वार चौधरीले स्थानीय जनताको समस्या सुन्दै आफुलाइ एक पटक विश्वास गरेर मतदान गर्न आग्रह गर्नुभयो ।
    घरदैलोको क्रममा कोहलपुर वडा नं. १३ का विभिन्न टोलहरुमा पुग्दै स्थानीय जनताको समस्याको समाधाकालागि आफुलाइ एक पटक विश्वास गरेर मतदान गर्न आग्रह गर्नुभएको हो । “जनताले अरु पार्टीका उमेदवारलाई पटक पटक विश्वास गरेर सांसद विधायक बनाउनुभयो तर यहाँको बिकासमा कसैको ध्यान गएन । ”
    उहाँले यस पटक जनताले आफुले गरेको कामलाई मुल्याङ्कन गरेर विजयी बनाउन आग्रह गर्नुभयो । जनताले निर्वाचनमा बिजयी बनाए आफु नेता मन्त्री जस्तो नभई जनताको सुख दुःखको सारर्थी भएर जनताको हितमा काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ म पदमा पुगे भने बदलिने छैन यस क्षेत्रलाई बदल्ने छु । बिकास र समृद्ध बनाउन नयाँ नयाँ योजना ल्याउनु छु । जनताले यस क्षेत्रको अवस्थालाई बदल्न मतदान गरि बिजयी बनाएका उम्मेदवार सांसद, मन्त्री भएपनि जनताको समस्या र अवस्था जस्ताको त्यस्तै रहेको बताउदै आफुलाई मतदान गरेर बिजयी बनाए जनतालई गुनासो गर्ने मौका नदिने प्रदेशसभा सदस्य उम्मेद्वार चौधरीले बताउनुभयो ।
    यस क्षेत्रलाई ५ बर्षभित्र समृद्ध क्षेत्र बनाउनु मेरो ध्यय रहेको बताउदै यस क्षेत्र आफैमा कृषि र पर्यटनको क्षेत्र भएकोले कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा दिएर बिकासमा दक्तचित्त भएर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology