(Friday 30th of October 2026)
`

एमाले उम्मेदवार भीमका भाईमाथि खुकुरी प्रहार

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज  :  बाँकेको क्षेत्र नं. ३ ख प्रदेश सभा सदस्यका उम्मेद्वार भिम ओलीका भाईमाथि अज्ञात समुहले खुकुरी प्रहार गरेको छ । खजुरा गाउँपालिका २, बलैगाउँका मुमबहादुर ओलीमाथि बिहीवार राती १२ बजे अज्ञात समुहले खुकुरी प्रहार गरि घाइते बनाएको हो । घरमा सुतिरहेका भाई मुमबहादुरमाथि अज्ञात समूहले आक्रमण गर्दा टाउँकोमा गहिरो चोट लागेको उम्मेदवार ओलीले जानकारी दिनुभयो । ‘हामी सुतिरहेका थियौँ । रातको करिव १२ बजेतिर अज्ञात समुह आएर बाहिर आउन भन्यो । भाई घरबाट बाहिर आउने वित्तिकै खुकुरी प्रहार गरि फरार भयो,’ उहाँले भन्नुभयो , ‘आक्रमण गर्ने समुह कहाँबाट परिचालन भएको हो भन्ने पछि खुल्दै जाला तर घटना सुनियोजित हो भन्ने हाम्रो ठम्याई छ उहाँले भन्नुभयो । भाई माथि भएको आक्रमणबाट हामी दुखी छौँ,’ उम्मेदवार ओलीले भन्नुभयो, ‘आक्रमण हुने बेला म आफै घरमा थिए । परिवारका सबै सदस्य घरमै थियौँ । यसरी आक्रमण हुँदा हामी त्रसित भएका छौँ ।’
    घटना लगत्तै इलाका प्रहरी कार्यालय धनौलीबाट आएको प्रहरीले आक्रमण गर्ने समूहले प्रयोग गरेको खुकुरी र ना ६२ प ६७७४ नं. को स्कुटर घटना स्थलबाट बरामद गरेको उहाँले बताउनुभयो । घाइते ओलीको भेरी अस्पताल नेपालगन्जमा उपचार गरिएको छ । उहाँको टाउँकोमा टाँका लागेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology