(Friday 30th of October 2026)
`

जुडो खेलाडीलाई कालपृष्ठ दैनिकको सहयोग

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज, पश्चिम नेपालको सर्वाधिक पुरानो पत्रिका कालपृष्ठ दैनिकले आफनो २५औं रजत जयन्तको अवसर पारेर मंगोलियन जुडो क्लब खजुराका खेलाडीलाई सहयोग गरेको छ । कालपृष्ठ दैनिकले खजुरा गाउँपालिका वडा नम्बर ३ मा रहेको मंगोलियन जुडो क्लबमा प्रशिक्षण लिइरहेका उत्कृष्ट १२ खेलाडीलाई ट्याकसुट प्रदान गरेको हो । मंगोलियन क्लबबाट खेल्ने ८ जना खेलाडी लुम्बिनी प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल्दैछन् ।
    कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्री र कालपृष्ठ दैनिकका बजार प्रमुख दुर्गा पौडेलले मंगोलियन जुडो क्लबका प्रशिक्षक विजय गुरुङलाई संयुक्त रुपमा ट्रयाकसुट प्रदान गरेका थिए ।
    नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको कालपृष्ठ दैनिकले यस वर्ष आफनो स्थापनाको २५औं वर्ष मनाउने तयारी गरिरहेको छ ।
    रजत जयन्त अघि खेलक्षेत्रका व्यक्तिको सम्मान र हौसला बढाउन सहयोग गरिएको कालपृष्ठ दैनिकका प्रबन्ध निर्देशक कमल खत्रीले बताए । उनले भने, रजत जयन्तको अवसर पारेर खेलकुद क्षेत्रमा राम्रो नतिजा निकालिरहेको क्लबका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । भौतिक पुर्वाधार, स्रोत साधन विना मंगोलियन क्लबले ओलम्पियन जस्ता खेलाडी उत्पादन गरिसकेको छ । क्लबले नेपाली खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरिरहेको छ । खेलाडीको हौसला बढोस भनेर हामीले सहयोग गरेका हौं । आगामी दिनमा हामी सक्दो सहयोग गर्नेछौं ।
    मंगोलिन क्लबका प्रशिक्षक विजय गुरुङले आर्थिक अभावका बिच क्लबले प्रतिभावान खेलाडी उत्पादन गर्न सफल भएको बताए । उनले भने, ुकालपृष्ठ दैनिकलाई धेरै धन्यवाद । यस्तै संघ संस्थाको साथ र सहयोगले हामीलाई खेलमा लाग्न उर्जा थप्ने गर्छ । खेलकुद क्षेत्रमा काम गर्न सहज छैन । आर्थिक अभाव सधै रहन्छ । तर पनि खेलकुद प्रतिको लगावले मैले प्रशिक्षणलाई रोकेको छैन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology