नेपालगन्ज : बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ मिर्चैयाका लहनु थारु निष्ठा र आदर्शको प्रतिबिम्ब, उच्च संकार युक्त राजनितीज्ञ, त्याग, समर्पण र ईमान्दारिताको प्रर्याय, प्रतिबद्ध, कर्तब्यनिष्ठ र एक असल सामाजिक अभियन्ता हुनुहुन्छ । अत्यन्त सरल र मिजासिलो, गाउँ घरमा सबैको सुख दुखमा साथ दिने, कसैलाई तुच्छ र दुव्र्यवहार नगर्ने स्वभाबका धनी लहनुलाई मान्न सकिन्छ ।
प्रगतिशिल बिचार राख्ने लहनु थारु २०४६ सालको राजनैतिक परिवर्तनमा समाहित हुँदै नेकपा (एमाले) को एक असल कार्यकर्ताको रुपमा नेपालमा प्रजातन्त्रको पुनःस्थापना संगै पहिलो स्थानिय निकायको निर्वाचनमा अत्यधिक लोकप्रिय मत सहित बगनाहा गाबिसको उपाध्यक्षमा निर्वाचित हुनुभयो । बगनाहा गाबिसमा “आफ्नो गाउँ आफै बनाउ” जस्तो लोकप्रिय कार्यक्रमको सफल कार्यान्वयनमा अहम भुमिका निर्वाह गर्दै, आफुले प्रप्त गरेको उपाध्यक्षको जिम्मेवारीलाई कुशलतापूर्बक निर्वाह गरि जनताको मन मनमा बस्न सफल हुनुभयो ।
वातावरण संरक्षणमा महत्वपूर्ण भुमिका खेल्नु भएका लहनु थारु झरसलुवा सामुदायिक बनको अध्यक्ष भै प्राकृतिक श्रोतमा स्थानिय समुदायको पहुँच अभिबृद्धी गर्ने, सहभागितामुलक बिकासलाई आत्मसात गर्दै अघि बढ्नुभयो ।
चुरे मध्यमिक बिद्यालयको ब्यबस्थापनमा एक कार्यकाल काम गरिसक्नु भएका थारु झन्डै अढाई दशक हिमालय आधारभूत बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष भै हिमालय आधारभूत बिद्यालयलाई नमुना बिद्यालय बनाउन सफल हुनुभयो । सहकारी अभियानका माध्यमबाट स्थानिय समुदायको आर्थिक, सामाजिक बिकास गर्न सकिन्छ भन्ने सहकारीको मान्यतालाई आत्मसात गर्दै हिमालय सहकारी संस्थाको स्थापना र नेतृत्व गर्ने एक कुशल सहकारी अभियन्ता हुनुहुन्छ उहाँ ।

झण्डै २३ बर्ष देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला तहको नेतृत्वमा रहि निरन्तर पार्टिको बिचार, सिद्धान्त र अभियानलाई गाउँ गाउँमा बिस्तार गरि संगठन गर्न सक्ने एक कुशल सगठक हुनुहुन्छ लहनु थारु । हाल नेकपा (एमाले) जिल्ला सचिवालय कमिटिका सदस्य तथा प्रदेश निर्वाचन क्षेत्रीय कमिटी, क्षेत्र न. २ (क) को सयोजक हुनुहुन्छ । पार्टी जिवनमा आईपरेका अप्थ्यारो बेलामा समेत अबिचलित भै सतीसाल सरह अडिग रहेर पार्टिले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने, सबै खालका बिचलनका विरुद्ध डटेर सामना गर्ने निष्ठावान लहनु थारु ।
नेपालको राष्ट्रिय राजनितिमा देखिएको उतार चढाबको बेला, जात, भाषा, धर्म, वर्ण अनि क्षेत्रीय साम्प्रदायिकताले मिलेर बसेको हाम्रो समाजलाई गृह युद्धमा परिणत गर्छ त्यसैले जातिय बिभेद फैलाउने आपसमा वैमनस्यता कायम गराउने गलत प्रवृत्तिको खरो आलोचना गर्ने, पछाडी परेको समुदाय खासगरी पच्चिम तराईको थारु समुदायलाई सामाजिक तथा आर्थिक रुपमा सबल र सक्षम बनाई राष्ट्रिय मुलधारमा ल्याउनु पर्छ भनेर निरन्तर सघर्ष गर्ने लहनु थारु, सुकुम्बासी कमैयाहरुको भरोसा योग्य ब्यक्ती हुनुहुन्छ । सुकुम्बासी फाँटा बस्ती बसाउने, उनिहरुको हक हितको आवाज उठाउने बिपन्न नागरिकको आस्थाको केन्द्र हुनुहुन्छ ।
राज्य पुनःसरचना पछि, समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाक्षालाई प्राप्त गर्न लागि पर्ने, ठाकुरबाबा नगरपालिकालाई समृद्धिको दिशामा अघि बढाउन सदैब मार्ग निर्देश गर्ने एक बिकास प्रेमी अभिभावक हुनुहुन्छ उहाँ । राजनीतिलाई समाजसेवाको एउटा पबित्र माध्यम ठान्ने लहनु थारु लोभ, लालच भन्दा माथी हुनुहुन्छ । नेकपा (एमाले) पार्टिले लहनु थारुको उच्च मुल्यांकन गर्दै यस पटक उहाँलाई बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) बाट लुम्बिनी प्रदेश सभाको सदस्य पदमा उम्मेद्वार बनाएको छ । सबैको भावनालाई समेट्न सक्ने, सबैका पीडा आत्मसात गर्न सक्ने, बर्दिया जिल्ला कै थारु समुदायाका अगुवा ब्यक्ती लहनु थारु असल स्वभावका हुुनुहुन्छ ।
