नेपालगन्ज : चर्को ब्याजदर, अबैध आयात विरुद्ध आन्दोलनको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलाई पत्रकारले प्रश्न गरे– तपाईंहरु अबैध आयात विरुद्ध आन्दोलन गर्दै हुनुहुन्छ । तर अबैध तरिकाले आएको सामन नै ब्यापारीले बेच्ने गर्दै आएका छन् । यसलाई के भन्नुहुन्छ ?
जवाफमा मन्सुरिले भने– हामी कहिले पनि अबैध ब्यापारको पक्षमा छैनौ । यदि त्यस्तो काम कसैले गर्दै आएका छन् भने कानुन बमोजिम तत्काल दण्ड गरून् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ त अबैध आयात रोक्न माग गर्दै दावावमुलक अभियानमै रहेको महासचिव चिरञ्जीवी ओलीले बताए ।
अबैध आयात रोक्न र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न जमुनाहका पुगेर प्रचारात्मक अभियान गर्दै व्यवसायी ।
उनका अनुसार अबैध आयातसंगै खुल्ला सिमाको फाइदा उठाउदै सिमापार किनमेल गर्न जाने सर्बसाधारणलाई स्वदेशमै किनमेलको लागि प्रोत्साहित गर्न प्रचारात्मक अभियान थालिएको छ ।
व्यवसायीले कोहलपुरमा बरामद गरेको चिनी ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल आफैले केही दिन पहिले भारतबाट ल्याइएको पाँच कुइण्टल चिनी बरामद गरि राजश्व अनुसन्धान कार्यालय कोहलपुरलाई बुझाए । अबैध आयातले स्वदेशको व्यापार चौपट्टै हुन थालेपछि आफुहरु रोक्न अग्रसर हुनुपरेको बताए ।
अबैध आयात विरुद्ध व्यवसायीक संस्था सडकमै उत्रनु परेको छ । अबैध आयात विरुद्ध काम गर्ने प्रहरी जस्ता निकायले नेपालगन्जदेखि जमुनाहसम्म आधा दर्जन चेकपोस्ट बनाएका छन् । तर दैनिक जसो अबैध सामान भित्रीन्छ । त्यसरी आउने सामान गोदाममा स्टक गरेर बजार पठाइन्छ ।
सस्तोमा खरिद गरेर बिना भन्सार त्यसरी ल्याउने समान मुनाफा धेरै लिएर बेचबिखन हुने गरेको पाइन्छ । यसरी हुने तस्करी नियन्त्रण गर्न उद्योग वाणिज्य संघहरु नै सडकमा आएपछि तस्करी नियन्त्रण गर्न सरकारले खटाएका निकायले सजिलो मान्नुपर्ने हो ।
तस्करी नियन्त्रण गर्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने र बैध ब्यापारलाई प्रोत्साहन गर्नुपर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीस बताउँछन् । उनी भन्छन्– यस्तो अबैध कारोवार गर्नेले निश्चित मान्छेलाई त फाईदा गर्ला तर बैधानिक रुपले ब्यापार गर्ने ब्यापारी र राज्यलाई नोक्सान गरिरहेको छ ।
