नेपालगन्ज : प्रदेश स्तरिय खेलकुदका लागि बाँकेबाट शनिवार खेलाडीलाई विदाई गरिएको छ । प्रदेश स्थतिय खेलका लागि बाँकेका खेलाडीलाई पोषाक वितरण गरि कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य सहितको टिमले विदाई तथा पोषाक वितरण गर्नुभएको हो ।
जम्मा ३६ खेलमध्ये बाँकेले ३० खेलमा सहभागि जनाउने जिल्ला खेलकुद विकास समिति बाँकेका कोषााध्यक्ष विरेन्द्र शाहले जानकारी गराउनुभयो । आउदो असोज २८ देखि ३ गतेसम्म ९ औं खेलकुद पोखरामा हुने खेलका लागि प्रदेश स्तरिय खेल छनोटका लागि लुम्बिनी प्रदेशको यही आइतवार २ गतेदेखि ४ गतेसम्म बुटवल, भैरहवा, दाङ, बाँके लगायतका जिल्लामा विभिन्न खेल हुने प्रशिक्षक सानू तामाङले जानकारी गराउनुभयो ।
बाँकेमा ११ खेल हुने जिल्ला खेलकुद विकास समिति बाँकेका कार्यवाहक अध्यक्ष मन्जु शाहले जानकारी गराउनुभयो । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ प्रदेश स्तरिय खेल आइतवारदेखि हुने भएको छ ।
