नेपालगन्ज ः नेपाल युवा क्लव बाँकेको ११ औ साधारणसभा तथा हाप्किडो डेमोटे«सन कार्यक्रम सम्पन्न गरिएको छ । हरेक मानिष महिला होस या पुरुष आफ्नो संरक्षणको लागि हाप्किडो मार्फत सक्षम बनाउने उद्देश्यका साथ नेपाल युवा क्लब बाँके केन्द्रिय कार्यालय नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ अन्र्तगत नेपाल युवा क्लव बाँकेको ११ औ साधारणसभा तथा हाप्किडो डेमोटे«सन कार्यक्रम सम्पन्न गरिएको हो ।
हाप्किडोले शारीरिक स्वास्थ्य मार्फत आत्मानिर्भरका लागि परिपक्व समेत बनाउने हुदाँ हाप्किडोलाई सबैले अपनाउन आवश्यक देखिएको सुत्रियो कराते बाँकेका बरिष्ठ प्रशिक्षक मोहम्मद शकिल राईले बताउनुभयो । नेपाल युवा क्लवका केन्द्रिय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको अध्यक्षतामा गरिएको साधारणसभा तथा हाप्किडो डेमोट्रेसन कार्यक्रम बिशिष्ट अतिथी नेपाल युवा क्लव केन्द्रिय सल्हाकार भगतराम थारु, नेपाल युवा क्लव बाँकेका अध्यक्ष मोहम्मद मुबश्श्रि कैयुम, हाप्किडो बाँकेका प्रशिक्षक मुनाल रसाइली लगायत हाप्किडो बाँकेका प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।
साधारणसभा तथा हाप्किडो डेमोटे«सन कार्यक्रमको अवसरमा नेपाल युवा क्लव बाँकेले मायाको चिनो समेत प्रदान गरेको नेपाल युवा क्लवका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गंगा कुमारी पुन मगरले जानकारी दिनुभएको छ ।

