(Saturday 25th of July 2026)
`

अतिक्रमित संरचना हटाउन खोज्दा कोहलपुरमा दिनभरी तनाव

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    नेपालगन्ज  : अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव उत्पन्न भएको छ । कोहलपुरको न्यूरोडमा अतिक्रमण गरि बनाइएका संरचना तथा टहरा हटाउन नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको ३र४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।
    विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएको र स्थिती तनावपुर्ण बनेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एनबहादुर मल्लले बताउनुभयो । स्थिती तनावपुर्ण नै छ, अहिले डोजर चलाइएको छैन, उहाँले भन्नुभयो ।

    नगर प्रमुख आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताउनुभयो । ‘हामीले संरचना तथा टहरा हटाउँदै थियौँ, एक्कासी आएर अवरोध पुर्याउन खोजे, अहिले हटाउने काम रोकिएको छ’,उहाँले भन्नुभयो । कोहलपुरका सचेत नागरिकहरुलाई उहाँले सामाजिक संजालमार्फत पनि अपिल गर्नुभएको छ । कोहलपुर बसपार्कमा उपस्थित भएर अभियानमा साथ दिन उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । ‘बेथिति र माफिया तन्त्रको अन्त गर्ने अभियान सुरु हुदैछ’, आचार्यले भन्नुभएको छ ।
    कोहलपुुर बसपार्कमा टहरा निर्माण गरी व्यवसाय निर्माण गरिरहुनभएका व्यक्तिहरुको विकल्पविना नै टहरा हटाउन र भत्काउन नमिल्ने नेकपा एमालेका नगर अध्यक्ष खिल प्रसाद भूषालले बताउनुभएको छ ।

    पत्रकारहरुसंग कुराकानी गर्दै भूषालले टहराहरुको भत्काएपछिको विकल्प दिन नसक्ने व्यक्तिले टहरा हटाउने सोच नराख्दा राम्रो । कोहलपुरको विकास हामी चाहान्छौं तर मंगलवार तिज छ, केही दिन पछि सर्वपक्षिय बैंठक बसेर निष्कर्ष निकालौं भन्दा जवरजस्ती टहरा हटाउन नमिल्ने भूषालको भनाई थियो ।
    न्यूरोडमा रहेको कोहलपुर खाजा घर, मिठाइ पसल गरी दुई वटा अतिक्रमण गरिएका टहराहरु भत्काएपछि बसपार्क पुगेका डोजरमाथि ढुङ्गा प्रहार गरी स्थानीयहरुले लखटेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology