नेपालगन्ज : प्लाष्टिक सर्जन डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।
डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उहाँ नेपालगन्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहनुभएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा उहाँले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । नेपालगन्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको बाँके क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उहाँले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गर्नुभयो । बाचुञ्जेल मात्र नभई इतिहास रचेर जाने गरि कामको प्रतिफल देखाएर जाने सोच रहेको हुनाले मेरो स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।
उहाँले नेपालगन्जलाई आफूले नमुना सहर बनाउन चाहेको भन्दै अगाडि भन्नुभयो–‘मर्नु भन्दा अघि नेपालगन्ज समृद्ध भएको हेर्ने मेरो चाहना छ ।’ डा.२०७४ मा पनि विवेकशील साझा पार्टीबाट यही क्षेत्रमा चुनाव लड्नु भएको थियो । यसअघि बाँके क्षेत्र नं. १ मा संघिय र प्रदेशमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।
