(Friday 30th of October 2026)
`

बजेट सुनिश्चित भएपछि मात्रै टेण्डर प्रक्रियामा गएको हो : मन्त्री राई

  • सगरमाथा गन्तब्य
  • 12K
    SHARES

    नेपालगन्ज : नेपालगन्जमा शनिवार आकाशे पुल निर्माण कार्यको शिलान्यास गरिएकोे छ । रत्न राजमार्ग अन्तर्गत नेपालगन्जमा पैदल यात्रुको लागी निर्माण हुने आकाशे पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शनिवार शिलान्यास गर्नुभएको हो । शिलान्यासकै क्रममा मन्त्री राईले विकासको विरोध गर्ने तथा जात, जाती, भाषाभाषी र सम्प्रदायको नाममा राजनीति गर्नेहरु विरुद्ध जनता सचेत भईसकेको बताउनभयो । नेपालगन्जमा भर्खरै शिलान्यास भईरहेका नयाँ योजनाहरुको बजेट सुनिश्चित भएपछि मात्रै टेण्डर प्रक्रियामा गएको जानकारी उहाँले गराउनुभयो ।
    नेपालगन्जमा शिलान्यास भएका योजनाको निर्माण कार्य पुरा हुदैन कि भनेर कुनैपनि प्रकारको द्धिविधा नराख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आग्रह गर्नुभयो । हाल शिलान्यास भएका बाहेक थप योजनाका लागि समेत काम अघि बढाइएको उहाँले जानकारी गराउनुभयो । नेपालगन्ज र कोहलपुरमा ५ वटा आकाशे पुल, सडकबत्ती, ट्राफिक लाईट र अस्फाल्ट सडकको काम एकवर्षको समयवधिभित्रै सम्पन्न हुने सडक विभागका महा–निर्देशक अर्जुनजंग थापाले बताउनुभएको छ । नेपालगन्जको जमुनाहदेखि राँझासम्म अस्फाल्ट ओभरले, सडक बत्ति, ट्राफिक लाईट, नेपालगन्जमा चारवटा र कोहलपुरमा एउटा गरि ५ वटा आकाशे पुलको काम एकसाथ अघि बढाइएको छ ।


    यसैगरी मन्त्री राईले शनिबार नै डुडुवा गाउँपालिका भित्र पर्ने राप्ती नदी पुल र डुडुवा खोला पुलको शिलान्यास र हुलाकी सडक स्तरउन्नतीको लागि शिलान्यास गर्नु भएको जसपाका जिल्ला सचिव राजेन्द्र विकले बताउनुभयो । सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशोक कोइराला लगायतले मन्त्री राईलाई जिल्लाबासीको नाताले बिकासको योजना पार्न प्राथमिकता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, जिल्ला ट्राफिक प्रमुख, स्थानिय नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology