(Saturday 25th of July 2026)
`

मेगा बैंकले दियो मानव सेवा आश्रमलाई खेलकुद तथा मनोरञ्जनका सामाग्री

  • सगरमाथा गन्तब्य
  • 10.9K
    SHARES

    नेपालगन्ज : मेगा बैंक नेपाल लिमिटेड, नेपालगन्ज क्लस्टरले शुक्रवार खेलकुद तथा मनोरञ्जनका सामाग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नेपालगन्जको मानवसेवा आश्रमलाई खेलकुद तथा मनोरञ्जनका सामाग्री वितरण गरेको हो । उक्त कार्यक्रममा आश्रितहरुलाई खेलकुद तथा मनोरञ्जनका सामाग्रीहरु प्रदान गरिएको मेगा बैंक नेपालगन्जले जनाएको छ ।
    बैंकले सहयोग स्वरुप प्रदान गरिएका क्यारमबोर्ड, ब्याडमिन्टन, टेबलटेनिस, चेस, लुडोका साथै मादल, बासुरी, र अन्य बाजाका सामाग्रीले अश्रितहरुलाई समय विताउन र खुशी रहन मद्दत पुग्ने विश्वास गरिएको छ । साथमा आश्रमको लागि १२ थान तन्ना पनि सहयोग गरिएको छ । उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड नेपालगन्ज कलस्टरका प्रमुख शरद अधिकारी सहित उक्त कलस्टर अन्तरगतका शाखाहरु कोहलपुर, कारकादो, बाँसगढी, नेपालगन्ज र गेरुवाका शाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
    बैंकले समय समयमा सामाजिक उत्तरदायित्व बहन गदैर्ए आएको र आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता समेत बैंकले गरेको जनाएको छ । साथै बैंकले लुम्बिनी प्रदेशका विभिन्न ६ स्थानमा यस्तै कार्यक्रमको आयोजना गर्ने लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौडेलले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology