प्रमोद रिजाल – कोहलपुरः कोहलपुर नगरपालिका नगर कार्यपालिकाले नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मचारी माथि प्रहार गरेको छ । स्थानिय सरकार बनेपछि स्थानिय पालिकामा आउन पाउने आशले संघको समायोजन प्रक्रियामा सहभागि भई कोहलपुर नगरपालिका स्थित विभिन्न स्वास्थ्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई कार्यपालिकाको श्रावण ११ गते बसेको बैठकको निर्णय नं. १० को बिबिध ङ मा उल्लेख गरि कर्मचारीको मनोबल गिर्नेगरि प्रहार गरेको हो ।
कोहलपुर नगरपालिका स्वास्थ्य शाखा मातहतमा कार्य गर्ने १६ वटा स्वास्थ्य संस्था रहेका छन । ३ वटा स्वास्थ्य चौकी, ११ वटा आधारभुत स्वास्थ्य केन्द्र, १ वटा शहरी स्वास्थ्य केन्द्र र १ वटा अस्पतालमार्फत कोहलपुरमा आम नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको भएपनि ३ वटा स्वास्थ्य चौकी बाहेक अन्य स्वास्थ्य संस्थामा दरबन्दि बिहिन तवरले सेवा प्रबाह भइरहेको छ ।
कोहलपुर, रझेना र शम्सेरगञ्ज स्वास्थ्य चौकीमा यस अघि संघले तोकेको दरबन्दिमा स्वास्थ्यकर्मि भएपनि नगर स्वास्थ्यले कर्मचारी यताउता गराउदै काम चलाउदै आएको पाइएको छ । स्थाइ दरबन्दि थप माग नगरेर अन्य १३ वटा स्वास्थ्य संस्थामा करार कर्मचारी मार्फत नै चलिरहेको र सो दरबन्दि माग गर्नुको सट्टा नगरपालिकाले तलब दिन असमर्थ जनाउदै फादिल कर्मचारी ब्यबस्थापन र संघमा नै फिर्ता गर्ने गरि निर्णय गरेको र यसबाट स्वास्थ्य सेवा नै प्रवाहित हुने तथा दिर्घरुपमा स्वास्थ्य क्षेत्रमा नै असर पर्ने जानकारहरु बताउछन ।
कुन स्वास्थ्य संस्थामा कति दरबन्दि रहेको र हाल कति कार्यरत रहेकोबारे नगरपालिकामा बुझन जादा यो डाटा त प्रशासनमा हुन्छ भन्दै नगर स्वास्थ्य प्रमुख पुर्ण बहादुर खडकाले प्रशासन जान सुझाएकोमा प्रशासनमा पुग्दा नगर स्वास्थ्यमा डिटेल डाटा हुन्छ भन्दै सुचना समेत अघोसित रुपमा नदिने रणनिती अबिलम्ब गरेको पाइयो । सत्य तथ्य डाटा सहित औचित्य पुष्टि नगरि निर्णय आएकाले कर्मचारीहरुमाझ झन अन्योलता सिर्जना भएको छ ।
नगरपालिका भित्र अन्य शाखा भएपनि नागरिकको आधारभुत स्वास्थ्य सेवा दिइरहेको स्वास्थ्यलाई नै किन प्रहार गरिएको हो नागरिकहरुले अनेकन अडकल काटन शुरुवात गर्न थालेका छन । संघले समायोजन मिलान गरिसकेपछि दरबन्दि छैन र छ भन्ने नै हुदैन यो त स्थानिय तहलाइ दिइएको जिम्मा हो हाम्रो दरबन्दि कोहलपुरमा नै हो एक स्वास्थयकर्मिले आफनो नाम नबताउने शर्तमा बताउनुभयो ।
कर्यपालिकाको यो निर्णयले स्थानिय सरकारले संघिय सरकारले गरेको निर्णयलाई ठाडो अस्विकार गरेको देखिन्छ, नेपालको संविधानको मर्म विपरित स्थानिय सरकार हिडन खोजेको ती कर्मचारीको आरोप रहेको छ । अधिकांश कर्मचारीहरुले समायोजनको बेला स्थानिय तहलाई रोज्नु भनेर सरकारले आब्हान गरेको आधारमा समायोजन भई हामी यहाँ काममा खटिएका हौं हामी फाजिलमा आएका हैनौ यो समस्या कोहलपुरको मात्र नभएर देश भरकै समस्या भएको उहाँको ठम्याइ रहेको छ ।
१६ वटा स्वास्थ्य संस्थामा काम गर्न कर्मचारी अपुग छ कोही बिना काम बसेको छैन कर्मचारी फाजिल कसरी भए उहाँको प्रतिप्रश्न रहेको छ ।
आधारभुत अस्पताल कोहलपुरमा २ जना डाक्टर १ जना सिनियर अहेब र १ जना नर्स कार्यरत रहेका छन यो अस्पतालका लागि अत्यन्त न्युन जनशक्ति हो । यस अस्पताललाइ जनशक्ति पुगेको हो कि नपुगेको हो राजनैतिक चश्मा उतारेर हेर्नुस फाजिल जरुर देखिने छैन उहाँको तर्क रहेको छ ।
स्वास्थ्य शाखामा स्विकृत दरबन्दिमा २१ जना कार्यरत रहेका छन २१ जनाको दरबन्दिले १६ वटा संस्था कसरी हाक्न सक्छ आम नागरिकको चासोको बिषय रहेको छ । संघिय मन्त्रालयले आबश्यक भएका कर्मचारी राख्नु र तलब खुवाउनु यदि तलब खुवाउन नसक्ने भएमा कर्मचारीको दरबन्दि जहाँ छ त्यहि पठाउनु भन्ने कुरालाई आधार मानेर नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ तर यसबारे लिखित पत्र नगरपालिकाले कर्मचारीहरुलाई देखाउन सकेको भने छैन ।
अब उप्रान्त थप गरिए तलब दिन नसक्ने भन्ने कुरा सचिब स्तरीय कुराकानीमा भनिएको हो समायोजन र मिलान भएकालाई तलब नदिने भनेका छैनौ, तत्कालिन ऐनमै समायोजन गर्ने बेला ब्यवस्था गरिएकाले दायित्व भरणको काम पनि संघिय सरकारको रहेको मन्त्रालयको उच्च स्रोतले भन्यो ।
नगरपालिका भित्र रहेका स्थानिय सरकारका प्रतिपक्ष नगर पार्टिका प्रतिनिधिहरुले समेत नगरपालिकाको यस कार्यको बिरोध जनाएका छन । स्थानिय सरकारबाट रोजगारी सिर्जना गरिनुको साटो भएकालाई समेत ब्यबस्थापन गर्न नसकेर फिर्ता पठाउने निर्णय आउनु दुखत भएको नेकपा एकिकृत समाजबादीका अध्यक्ष नारायाणी वलिले भन्नुभयो ।
कोभिड १९ को बेला जोखिमपुर्ण त्रासदिपुर्ण समयमा काम गरेका कर्मचारीहरुलाई नगरपालिकाले पुरस्कृत गर्नुको साटो दण्डित गर्न तम्सेको आरोप लगाएका छन । विकासको कामहरुलाई लथालिंग पारेर नगरपालिका कसलाई राख्ने र कसलाई फाल्ने भन्ने धाउन्नमा छ बिगतका कर्मचारीहरुले गरेको योगदान प्रति स्थानिय सरकार उदाशिन रहेको एमाले सचिब माधब रिजालले दाबी गर्नुभएको छ ।
स्थानिय सरकारले आवश्यक मात्रामा कर्मचारी परिचालन गर्न नसकेको तर फाजिल भन्दै फिर्ता गर्न लागेको भन्ने निर्णय हास्यास्पद रहेको औंल्याएका नेकपा माओबादी केन्द्रका अबराज खडकाले निर्णय अबिलम्ब सच्च्याउन नगरपालिकाको ध्यानाकर्षण गराउनुभएको छ ।
त्यसैगरी नेमकिपाका अध्यक्ष खडकराज थापाले स्थानिय सरकार अघिल्लो सरकारले गरेका हरेक निर्णय उल्टयाउन र आफु अनुकुल बनाउन लागेको प्रति इंगित गर्दै स्थानिय सरकारले बेरोजगारहरुलाई रोजगारी सिर्जना गर्नुको साटो रोजगार पाएकाहरुलाई बेरोजगार बनाउन तिर लागेको प्रति दुख ब्यक्त गर्नुभएको छ ।
उद्यपि स्थानिय सरकार पक्षका वडा अध्यक्ष एबं नेपाली कांग्रेसका नगर सभापति बीरेन्द्र बहादुर शाहले कर्मचारी हटाउने कुनै आग्रह पुर्बाग्रह नभएको भन्दै बजेट अभाब र बढि भएका कर्मचारीलाई मात्र सो निर्णय गरेको भन्दै उक्त निर्णयको बचाउ गर्नुभएको छ ।
कर्मचारी सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएसंगै कोहलपुरमा यस बिषयमा औपचारीक तथा अनौपचारीक कार्यक्रमको थालनी गरिएको छ भने प्रमुख प्रतिपक्ष नेकपा एमालले प्रतिकार गर्दै शशक्त रुपमा संघर्ष गर्ने जनाएको छ ।
