(Friday 30th of October 2026)
`

राप्तीसोनारीका प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    नेपालगन्ज : सल्यानको कालिमाटी गाउँपालिकाबाट राप्तीसोनारी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीलाई स्वागत गरिएको छ ।
    आइतवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले खत्रीलाई स्वागत गर्नुभएको हो । अध्यक्ष पौडेलसहित गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारु, लेखा अधिकृत गौरव कुमार लामिछाने लगायत अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुले नयाँ प्रमुख प्रशासकीय अधिकृत खत्रीलाई स्वागत गरेका थिए ।
    स्वागत कार्यक्रममा अध्यक्ष पौडेलले कर्मचारी र जनप्रतिनिधि बीचको सहकार्यले मात्र गाउँपालिकाको विकास सम्भव भएको बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध नङ र मासु जस्तै भएको उल्लेख गर्दै उहाँले कर्मचारीलाई जनप्रतिनिधिले काम गर्ने वातावरण सिर्जना गरिरहेको बताउनुभयो ।
    सो क्रममा प्रमुख प्रशासकीय अधिकृत खत्रीले आफू राप्तीसोनारीमा कार्यरत रहँदासम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जनप्रतिनिधि र आफ्ना सहकर्मी कर्मचारीसँग मिलेर काम गर्ने बताउनुभयो ।
    अध्यक्ष पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न स्वागत कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology