(Saturday 25th of July 2026)
`

मेयर विष्टको मन्त्री राईलाई पाँच बुँदे ध्यानाकर्षण पत्र

  • सगरमाथा गन्तब्य
  • 5.1K
    SHARES

    नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई भेटेर नेपालगन्जको समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ ।
    आइतवार काठमाण्डौस्थित मन्त्री निवासमै पुगेर नगर प्रमुख विष्टले नेपालगन्जको समग्र विकासबारे राईको ध्यानाकर्षण गराउनुभएको हो । राई पनि नेपालगन्जबासी नै भएकाले नेपालगन्जको विकासका लागि सहकार्य गरेर अघि बढ्न विष्टले आग्रह गर्नुभएको थियो ।
    मन्त्री राईलाई नगर प्रमुख विष्टले पाँच बुँदे ध्यानाकर्षणपत्र समेत बुझाउनुभयो । नेपालगन्जको जमुनाहादेखि मनिकापुरसम्मको असफाल्ट कालोपत्रे गरिनुपर्ने, जमुनाहादेखि राँझा चोकसम्म स्ट्रिीट लाइट र ट्राफिक लाइट जडान गरिनुपर्ने, महत्वपूर्ण चोकहरुमा आकासेपुल निर्माण गरिनुपर्ने, विभिन्न वडामा १५ किलोमिटर सडक तथा नाला निर्माण गरिनु पर्ने तथा अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि पहल गरिदिनु आग्रह सहितको ध्यानाकर्षणपत्र बुझाइएको विष्टको सचिवालयले जनाएको छ ।
    ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री राईले नेपालगन्जको समग्र विकासका लागि आफु स्थानीय सरकारसँग मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology