(Wednesday 28th of October 2026)
`

वडा नं. २ मा दोश्रो चरणको राहत २२४ जनालाई वितरण

  • सगरमाथा गन्तब्य
  • 10.5K
    SHARES

    नेपालगन्ज १२ बैशाख
    नेपालगन्ज उपमहानगरपालिका वडा न २ वडा कार्यालयले दोश्रो चरणको राहत वितरण गरेको छ । दोश्रो चरणको राहत वितरण कार्यक्रममा वडा कार्यालयले कुपन सिस्तम लागु गरि घरघरमा राहत वितरण गरेको हो । वडावासीबाट लगत संकलन गरि लकडाउनका कारण अति प्रभावित वडा न २ मा घरभाडामा बसोबास गर्ने, अति बिपन्न, ज्याला मजदुरी गर्ने, बाहिर जिल्लाबाट अध्ययन गर्न आएका लकडाउनमा प्रभाबित बिद्यार्थी, जेष्ठ नागरिक अपाङग, असहाय, गर्भवती महिलाहरु, अलपत्र परेका २ सय २४ जना अति प्रभाबित परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष सुनिल सिंह हमालले जानकारी गराउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाबाट मापदण्ड भित्र छनौटमा परेका दोश्रो चरणको राहत बितरण बिहीवार सम्पन्न गरिएको वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो ।

    कुपन बितरण गरि राहत सोही दिन कुपनमा उल्लेखित समयमा लगडाउनको पुर्णपालना गरि सामाजिक दुरी कायम गरि नियमानुसार राहत बितरण गरिएको अध्यक्ष हमालले जानकारी गराउनुभयो । राहतमा एक घरपरिवारलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, १ किलो सोयाविन वितरण गरिएको वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो । वडाले तेश्रो चरणको राहत वितरणको लागि तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो । वडाले पहिलो चरणमा २७६ जना, दोश्रो चरणमा २२४ जनालाई राहत वितरण गरिसकेको र तेश्रो चरणमा ३५६ जनाको लिस्ट तयार भैसकेको यस लगत्तै राहत वितरण गरिने तयारीमा रहेको वडा अध्यक्ष हमालले जानकारी गराउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology