बर्दिया : बर्दियाको बढैयाताल माछा पोखरीमा डुबेर दुइ जना बालकको मृत्यु भएको छ । बढैयाताल गाउँपालिका २, फुटाहामा माछा पालनका लागि निर्माण गरिएको पोखरीमा पौडी खेल्न गएका दुई जना बालकको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर बिहीवार मृत्यु भएको हो ।
बढैयाताल गाउँपालिका २, फुटाहाका १० वर्षिय युबराज बोहरा र भुवन भण्डारीको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । स्थानिय राजन शर्माले माछापालनको लागि बनाएको पोखरीमा बालकद्धय बोहरा र भण्डारी पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बिहोस् भएका बालकहरुको उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
घटना पश्चात् सशस्त्र प्रहरी बल बिओपि फुटाहाबाट खटिएको टोलीले बालकहरुको उद्दार गरेको थियो । बालकहरुको उद्धार गरी बर्दिया जिल्ला अस्पताल, गुलरियामा लगेकोमा अस्पताल नपुग्दै बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
