(Friday 30th of October 2026)
`

नेपालगन्ज १२ मा शिलालेख राख्न नदिएपछि बिवाद

  • सगरमाथा गन्तब्य
  • 7K
    SHARES

    नेपालगन्ज  : नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा शिलालेखको विषयमा विवाद उत्पन्न भएको छ । नेपालगन्ज वडा नं १२ का निवर्तमान वडाअध्यक्ष बुद्धिसागर सुवेदीले आफ्नो कार्यकालको शिलालेख अहिले राख्न खोज्दा बिहिवार विवाद उत्पन्न भएको हो । निवर्तमान वडाअध्यक्ष सुवेदीको नेतृत्वमा आएको एक समूहले वडा कार्यालयको भित्तामा जबरजस्ती तोडफोड गर्दै शिलालेख राख्न लागेपछि मात्रै आफुहरुलाई जानकारी भएको वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो ।
    निवर्तमान वडा अध्यक्ष सुवेदीले जनताको सहयोगबाट वडा कार्यालयले ट्याक्टर खरिद गरेको जानकारी दिदै सहयोगीदाता र उपभोक्ता समिति तथा वडा समितिको नाम भएको शिलालेख राख्न नदिनु दुःखद भएको भन्दै गुनासो व्यक्त गर्नुभयो । विगतमा शिलालेख राख्न समयको अभाव भएपछि बर्तमान वडा नेतृत्वलाई शिलालेख राख्न सहयोग गरिदिन लिखित अनुरोध गर्दा समेत सुनुवाई नभएपछि स्थानीयहरु आफै शिलालेख राख्न बाध्य भएर वडा कार्यालय आएको उहाँले बताउँनुभयो । शिलालेखको विषयमा सहमति नभएपछि तयार पारिएका ३ वटै शिलालेख जिल्ला प्रहरी कार्यालय बाँकेको संरक्षणमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology