(Saturday 25th of July 2026)
`

बर्दियामा ३९ लाख बराबरको यार्सागुम्बासहित एक जना पक्राउ

  • सगरमाथा गन्तब्य
  • 5.9K
    SHARES

    बर्दिया : सशस्त्र प्रहरी बर्दियाले यार्सागुम्बा सहित एक जना पक्राउ गरेको छ । सशस्त्र प्रहरीले गुलरिया नगरपालिका ११ गणेशपुर नेपाल–भारत सिमाना स्थित बुधबार १ किलो ४ सय ग्राम यार्सागुम्बा सहित एक जनालाई पक्राउ गरेको हो ।
    गुलरिया ११ घर बताउने भारतीय नागरिक जनाउँने आधार कार्डसमेत बोकेका ३१ वर्षिय कमाल अहम्मद खाँ लाई सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले जानकाकरी गराउँनुभएको छ ।
    उहाँको अनुसार शंकास्पद अवस्थामा जाँदै गर्दा गुलरियाबाट खटिएका सशस्त्र प्रहरीका टोलीले चेकजाँच गर्नेक्रममा खाँ को साथमा टेपले बेरिएका ५ पोका यार्सागुम्बा फेला परेको हो । १ किलो ४ सय ग्राम यार्सागुम्बा सहित पक्राउ परेका खाँ लाई डिभिजन वन कार्यालय बर्दियामा कारबाहीका लागि बुझाइएको उपरीक्षक बुढाले जानकारी दिनुभयो ।
    उक्त सशस्त्र प्रहरीद्धारा बरामद गरिएको यार्सागुम्बा मूल्य करिब ३९ लाख बराबरको रहेको डिभिजन वन कार्यालय बर्दियाका अधिकृत दिपकसिंह थारुले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology