(Friday 30th of October 2026)
`

कोहलपुरमा स्लो बाईक प्रतियोगिता सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    कल्पना कार्की
    कोहलपुर : जेसिज सप्ताह २०२२ अन्तर्गत बिहीवार ट्राफिक सचेतना सम्बन्धि स्लो बाईक प्रतियोगिता सम्पन्न भएको छ । स्लो बाईक प्रतियोगिता कार्यक्रममा बोल्दै प्रमुख अथिति ईलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्लले नागरिक स्वयमले ट्राफिक नियमको पालना गर्दैनन् तबसम्म सवारी दुर्घटना न्यूनीकरण गर्न कठिन हुने देखिएको बताउनुभयो ।
    दुर्घटना न्यूनीकरण कम गर्न चालकका साथै स्थानियले पनि ट्राफिक नियमको पुर्ण पालना गर्न गति सिमित गरि आफ्नो तर्फबाट आफै सचेत रहनु पर्ने मल्लले औल्याउनुभयो । कार्यक्रममा नेपाल जेसिज पुर्ब कार्यकारी उपाध्यक्ष तिर्थ पौडेल, नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष राम प्रसाद पान्डे, कोहलपुर जेसिजका पुर्ब अध्यक्ष बुद्धि थापा लगायत जेसिजका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।
    ट्राफिक सचेतना कार्यक्रममा आफ्नो धारणा राख्दै कोहलपुर जेसिज बर्ष २०२२ का अध्यक्ष इस्वर शर्माले कोहलपुर जेसिजले हरेक बर्ष सप्ताह ब्यापी कार्यक्रम गर्दै आएकोमा बिहीवार ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम अन्तरर्गत स्लो बाईक प्रतियोगिता संचालन गरिएको बताउनुभयो ।
    उहाँले पछिल्लो दिनमा तिब्र गतिका कारण दुर्घटना बढिरहेको र यस्ता जनचेतनामूलक कार्यक्रमले समाजमा खास गरी युवा पुस्तामा सचेतना अभिबृद्धि हुने विश्वास लिएको शर्माले बताउनुभयो । ३ गते उद्घाटन गरिएको कार्यक्रमको पहिलो दिन महिला सशक्तिकरण र घरेलु हिंसा न्यनिकरण बिषयक तालीमको आयोजना गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology